8 years ago
May 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्दै खेलकुदको पूर्वाधार निर्माणमा फड्को मार्ने विश्वास लिन सकिने बताएका छन् ।
नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले राष्ट्रको एकताको आधार खेलकुदको दक्षिण एसियाली खेलकुद (साग) आयोजना लाई स्पष्ट रुपमा थप्न सके राम्रो भन्ने सुझाव दिए । श्रेष्ठ नै अध्यक्ष रहेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलले सन् २०१९ को मार्चमा नेपालमा १३ औं साग आयोजनाको निर्णय गरेको थियो ।
यद्दपी सागका लागि पूर्वाधार निर्माण भने सुस्त गतिमा अघि बढेका कारण समयमा साग हुनेमा शंका बढेको छ । राष्ट्रको गौरव बढाउने पदक विजेता खेलाडीलाई आजीविन भत्ता दिने व्यवस्था प्रस्ताव र भौतिक पूर्वाधार निर्माणमा एतिहासिक योजना आएकाले त्यसलाई खेलकुद क्षेत्रले स्वागत गर्ने श्रेष्ठले बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]