8 years ago
May 29, 2018
‘खेलकुद बजेट उत्साहजनक’ -मन्त्री विश्वकर्मा
काठमाडौं (हाम्रो खेलकुद)– सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई चालु आर्थिक बर्षको तुलानामा आगामी आर्थिक वर्षका लागि झन्डै दोब्बर बढी रकम विनियोजना गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५ ७६ का लागि बजेट प्रस्तुत गर्दा युवा तथा खेलकुद मन्त्रालयका लागि ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेका हुन् ।
गत वर्षको तुलानामा झन्डै दोब्बर बृद्धि हो । आर्थिक वर्ष २०७४र०७५ मा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको थियो । मन्त्रालयको ठूलो बजेट राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत खेलकुदका लागि खर्च गर्दै आएको छ । यसपटकको बजेटलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले निकै सकारात्मक र उत्साहजनकको भएको बताएका छन् ।
‘समग्रतामा हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा दोब्बरले बृद्धि भएको छ । यसले पक्कै खेलकुद क्षेत्रलाई उत्साहित बनाउने खालको छ,’ मन्त्री विश्वकर्माले हाम्रो खेलकुदलाई भने, ‘खेलकुदको चुनौति र आवश्यकताका हिसाबले अझै कम हो । तर विगतको हिसाबमा तुलाना गर्ने हो भने आशा लाग्दो बजेट हो ।’ मन्त्री विश्व कर्माका अनुसार राखेपअन्तर्गत खेलकुदका लागि मात्र ३ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएको छ । गत वर्ष १ अर्ब ६१ करोड छुट्टाइएको थियो, उनले थपे, त्यसको तुलनामा हेर्ने हो भने यो दोब्बर भन्दा बढी हो ।
भदौंमा इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदको सहभागिता तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) र आठौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पनि बजेटमा समावेश गरिएको मन्त्री विश्वकर्माले जानकारी दिए । ‘एसियाडको सहभागिता , साग, राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि भने यो बजेट आवश्यक थियो,’ उनले भने, ‘त्यति मात्र होइन खेलाडीका लागि पनि यो बजेट उत्साहजनक छ ।’
मन्त्री विश्वकर्माका अनुसार अब देखि सबै ओलम्पियनले मासिक ३ हजार रुपैयाँ भत्ता प्राप्त गर्नेछन् । यसअघि सागका स्वर्ण पदक विजेताले मासिक भत्ता पाउँदै आएका थिए । ‘अब ओलम्पियनले पनि पाउने बाटो खुलेको छ,’ उनले भने, ‘आउने दिनमा यसको आकार अझै बढ्दै जानेछ । अर्को तीन खेलाडीको दुर्घटना र जीवन विमाका विषयमा समेटिएको छ ।’ सरकारले सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला बनाउने बजेटमा उल्लेख गरेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]