default_image

8 years ago

May 31, 2018

पोखरा स्पोर्टस् अवार्डको सफलताका लागि टिभिएसको र्याली

125 views

0 Bookmark

पोखरा (हाम्रा खेलकुद)– तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस्अवार्ड २०७४ को अघिल्लो दिन बिहिबार मुख्य प्रायोजक बतास ब्रदर्श प्रा.लि. र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले पोखरामा र्याली निकालेको छ ।

टिभिएसको उत्पादन जुपिटर भर्सन २ र अपाचे आरटीआर २०० लिएर झण्डै ५० खेलाडीहरु बिहान निकालिएको ¥यालीमा सहभागी भए । बतास ब्रदर्श प्रालि.को कार्यालय नयाँबजारबाट सुरु भएको टिभिएस र्याली महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सृजनाचोक, हल्लनचोक, लेकसाइड, राष्ट्रबैंकचोक, विरौटाचोक, पृथ्वीचोक हुँदै पुनः कार्यालयमै पुगेर टुंगिएको थियो ।

¥यालीमा मञ्च कास्कीका अध्यक्ष केशव पाठक, बतास ब्रदर्श प्रालिका सेल्स मेनेजर सन्तोष पोखरेल, कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक गोदार लगायत खेलाडी टिभिएसको बाइक र स्कुटरमा सहभागी रहेका थिए । शुक्रबार हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी पूरा भएको मञ्चले जनाएको छ ।

सभागृहमा दिउँसो २ बजेदेखि हुने कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा प्रमुख अतिथिका रुपमा पोखरा आउनेछन् । चर्चित गायकहरु कर्णदास, एस कुमार, विनोद बानियाँका प्रस्तुति, हिमाली सांस्कृतिक परिवारका समेत प्रस्तुति रहनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

पोखरा स्पोर्टस् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी) परेका छन् । सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोयनमा अटेका छन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट) मनोनित छन् भने वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।

विजेताहरुले टिभिएस अपाचे मोटरसाइकल, टिभिएस विगो स्कुटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कार समेत अर्पण गरिनेछ ।

पोखरेली गायक बिनोद बानियाँलाई समेत सम्मान गरिनेछ । उदियमान खेलाडी र सम्मानित पत्रकारलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक/एक थान सामसुङ कम्पनीको आकर्षक मोबाइल समेत प्रदान गरिनेछ । टिभिएस अपाचे पोखरा स्र्पोट्स अवार्ड सफल बनाउन विभिन्न संघ संस्था र विदेशमा रहेका नेपालीहरुले स्वत्तस्फुर्त रुपमा सहयोग गरेका छन ।

यस्तो सहयोग पु¥याउनेमा यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, पोखरा लेखनाथ महानगर पालिका, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, कास्की जिल्ला खेलकुद बिकास समिती, नेपाल ह्याण्डबल संघ, तमु धि युके, यज्ञलाल श्रेष्ठ क्यालिफोर्निया अमेरीका, बगर भाइ खलक युके परिवार, सहारा युके परिवार, सहारा हङकङ परिवार, सहारा क्लव पोखरा, मिलन गुरुङ एन्फा कास्की, मेजर खुसिमान गुरुङ एम.भि.ओ तमु प्लु संघ अध्यक्ष युके रहेको बताइएको छ ।

त्यसै गरि अन्य सहयोगीमा चन्द्रमान गुरुङ, अध्यक्ष बगरभाइ खलक युके, चन्द्र बहादुर गुरुङ अध्यक्ष फोक्सटन नेपाली कम्युनिटी परिवार युके, डिलाइट स्र्पोट्स महेन्द्रपुल, परिचय एडर्भटाइजिङ पोखरा लगायत छन् ।

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.