default_image

6 years ago

June 1, 2018

पोखरा स्पोर्टस् अवार्डमा कमल र विमला उत्कृष्ट

27 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)­ –शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी विमला नेपाली टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । कास्की जिल्लामा वर्ष उत्कृष्ट प्रशिक्षकमा शारीरिक सुगठनका जीवन घिमिरे र उदयीमान खेलाडी क्रिकेटका मेखबहादुर सेन थापा घोषित भए ।

उत्कृष्ट वर्ष खेलाडी पुरुषले टिभिएसको अपाचे मोटरसाइकल र महिला खेलाडीले विगो स्कुटर प्राप्त गरे । यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद १५ हजार, उदयीमान खेलाडीलाई नगद १५ हजार साथमा वल्र्ड वाइड कनेक्सनबाट सामसुङ मोबाईल प्रदान गरियो । यसवर्ष लाईफटाईम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङलाई प्रदान गरिएको छ । कास्कीमा हक्की, टेनिस र क्रिकेट खेल भित्राउनका साथै पोखरा रंगशालामा पर्खाल निर्माणमा उल्लेखनीय योगदान दिएका गुरुङलाई अवार्डका साथ दोसल्ला र सम्मानपत्र अर्पण गरियो ।

बर्ष उत्कृष्ट खेल संघबाट कास्की जिल्ला ब्याडमिन्टन संघलाई सम्मान गरियो । संघ सुविधासम्पन्न भौतिक पूर्वाधारमा जुटेको छ । संघलाई नगद १० हजार प्रदान गरियो । उत्कृष्ट खेल पर्यटन पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका सन्तोष पोखरेललाई सम्मान गरिएको छ । नगद १५ हजार, सामसुङ मोबाईलका साथमा सम्मानपत्रबाट पत्रकार पोखेरललाई सम्मान गरियो ।

वर्ष उत्कृष्ट खेलाडी कमल भण्डारी १७ वर्ष अघिदेखि बडिबिल्डिङमा होमिएका थिए । भण्डारी गत वर्ष मंगोलियामा आयोजित शारीरिक सुगठनको वल्र्ड च्याम्पियनशीपमा सहभागी भए । र छैटौं स्थानमा रहे । २०७४ सालमै दक्षिण कोरियामा ५५ केजी तौल समूहमा काँस्य पदक जित्दै नेपालको नाम लेखाएर फर्किए ।

पोखरामा जिम हल औंलामा गन्न सकिने बेलामा यस क्षेत्रमा होमिएका भण्डारीले पहिलो पटक २०६० सालमा मिस्टर पोखरामा ५५ केजी तौल समूहमा काँस्य पदक जितेका थिए । त्यसपछि अहिलेसम्म खेल दौरानमा १६ स्वर्ण, ६ रजत र ५ काँस्य जितिसकेका छन् । २०७३ सालमा दोस्रो मिस्टर बुल्समेनमा ५५ केजी तौल समूहमा स्वर्ण जिते । १४ औं धर्मश्रीमा आफ्नो तौल समूहमा प्रथम भएका थिए । मिस्टर हिमालयमा समेत स्वर्ण जित्दै एकै वर्षमा ह्याट्रिक गरेका थिए । पाँचौ राष्ट्रिय शारीरिक सुगठनमा उनले काँस्य जितेका थिए ।

वर्ष उत्कृष्ट महिला खेलाडी बिमला नेपाली गतवर्ष लम्जुङको भोटेओडारमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा महिलातर्फ एकल कातामा पहिलो हुँदै स्वर्ण पदक हात पारेकी थिईन् । धनगढीमा भएको अन्तर्रा्ष्ट्रियस्तरको कराँतेमा पनि उनी दोश्रो हुँदै रजत पदक हात पारिन । त्यस्तै अघिल्लो वर्ष नै भएको राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको (राखेप) च्याम्पियनशिपमा पनि उनले रजत पदक हात पारेकी थिईन ।

भक्तपुरमा भएको प्रथम महिला आमन्त्रित खुला कराँते प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन । केही समय अघि मात्र भारतको गोवामा भएको सोतोकान कराँते एशोसिएसन अफ इन्डिया (एसएकेआई) अन्तर्रा्ष्ट्रिय च्याम्पियनशिपमा पनि उनले एकल कातामा १८ वर्ष उमेर मुनिको प्रतियोगितामा गरेर दुई स्वर्ण हात पारेकी थिइन् ।

उदियमान खेलाडी मेखबहादुर सेन थापा गत वर्ष थाइल्याण्डमा सम्पन्न एसीसी अण्डर सिक्स्टिन इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य हुन् । भर्खरै १५ वर्षका उनी कक्षा ६ देखि नै क्रिकेट खेल्न थालेका हुन् । २०७४ सालमा मनमोहन मेमोरियल कप, अण्डर सिक्सिटन राष्ट्रपति कप खेले । आठौं राष्ट्रिय खेलकुदमा आफ्नो उमेरसमूहमा उनको टीम प्रथम भयो । कास्की क्रिकेट लिग, माछापुच्छ्रे क्रिकेट लिग, अन्तर कलेज लिग, टि ट्वान्टी कप, द युनाइटेड गोल्डमार्ट पीसीसी कपमा पनि उनले खेले ।

वर्ष उत्कृष्ट प्रशिक्षक जिवन घिमिरे राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक पनि हुन् । २०७४ सालभरमा उच्च पदक ल्याउन सफल खेल शारीरिक सुगठनका प्रशिक्षक घिमिरेले २०४९ सालमा दशौं राष्ट्रिय बडिविल्डिङ कम्पिटिशनमा स्वर्ण जितेपछि यस खेलमा अनवरत लागेका हुन् । शारीरिक सुगठनबाटै कमल भण्डारीले अन्तर्राष्ट्रिय पदक ल्याउन सके ।

घिमिरेले २०५१ सालमा पश्चिमाञ्चल क्षेत्रीय भारोत्तोलोन च्याम्पियनशीमा स्वर्ण जिते । खेलाडी जिवनकालमा उनी शारीरिक सुगठनमा अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी समेत हुन् । सन् २००० मा आयोजित दक्षिण एशियाली खेलकुदमा फ्लाइवेटमा तेस्रो भएका थिए ।
मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक विधाबाट सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिएको हो ।

वर्ष उत्कृष्ट पुरुष खेलाडीमा भण्डारी सहित क्रिकेटका करण केसी, आर्चरीका तिलकबहादुर पुन मनोनयनमा परेका थिए । यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीमा बिमलासँगै आर्चरीकी केशरी आलेमगर र हक्कीकी कमला पुन परेकी थिईन् । उदियमान खेलाडीमा मेखबहादुरसँगै एथ्लेटिक्सका विवेक अधिकारी र कबड्डीकी बुद्धिमाया मगर (कविता) मनोनयनमा परेका थिए । उत्कृष्ट प्रशिक्षकमा जीवनसँगै फुलकन्ट्याक्ट कराँतेका शिवबहादुर गुरुङ, क्रिकेटका रिजन प्रजु परेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरालाई खेलकुदको राजधानी बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले मञ्चका यस्ता कार्यक्रमलाई आफूले सक्दो सहयोग गर्ने बताए । पोखरा सहित इटहरीलाई खेलकुद नगरी बनाउने प्रक्रियामा रहेको उनले बताए ।

मञ्च, कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिननाथ बरालले स्वागत, सचिव रञ्जन अधिकारी, मन क्षेत्रीले सञ्चालन गरेका थिए । विविध सांगीतिक कार्यक्रमसहित सम्पन्न समारोहमा चर्चित गायक एसकुमार, बिनोद बानियाँ, अजुदा थापा, बबि सुनारले भरपुर मनोरञ्जन प्रदान गरे ।

यस्तै, जक्सन फिटनेस सेन्टरबाट जुम्बा डान्सका साथै हिमाली सांस्कृतिक परिवारले परम्परागत नृत्य प्रस्तुत गरेका थिए । साथै, केन्पोकाईं कराँतेका टोलीले प्रस्तुति दिएका थिए । १८ औं एशियन गेममा जान लागेका कराँतेका खेलाडीलाई शुभकामना समेत प्रकट गरिएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड समारोहमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मुख्य प्रायोजक टिभिएसका नेपालकै आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक कुमार अग्रवाल, गण्डकी धौलागिरी अधिकृत विक्रेता बतास ब्रदर्श प्रालिका निर्देशक प्रमेश पराजुली, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमिल्सिना, संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले अवार्ड प्रदान गरे ।

पोखरा लेखनाथ महानगरपालिका कार्यालय, राष्ट्रिय खेलकुद परिषद्, बगरभाइखलक यूके, सहारा हङकङ लगायत दर्जनौं संघसंस्था एवं खेलप्रेमीको सहयोग रहेको रहेको थियो ।

May 6, 2024

मुख्यमन्त्रीले सदस्य सचिव बस्नेतसँग स्पष्टीकरण मागे

हिमाल खरेल, बिर्तामोड प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा अदालतमार्फत पुनर्वहाली भएका कृष्ण बस्नेत (पर्शुराम) सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ । कोशीका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री केदार कार्कीले बैशाख २३ गते बस्नेतलाई पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएका छन् । बस्नेतलाई तत्कालीन भीम आचार्यको सरकारले २०७८ असोज २४ गते […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

May 6, 2024

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको सहकार्य

सुर्खेत (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने प्रथम कर्णाली हाफ म्याराथनलाई केएल दुगड ग्रुपको उत्पादन ज्ञान खाद्यान्नले मुख्य प्रायोजन गर्ने भएको छ । हाफ म्याराथन शनिबार आयोजना हुँदैछ । केएल दुगड ग्रुपको सहकार्यसँगै अब ज्ञान कर्णाली हाफ म्याराथन नामाकरण हुने बताइएको छ । केएल दुगड ग्रुपको उत्पादन धारा तेल लामो समयदेखि नेपालगन्ज म्याराथनमा मुख्य […]

Success

Thank you for your time.