8 years ago
June 2, 2018
पोखरा (हाम्रो खेलकुद) -एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन् । उनीहरुलाई सहरा क्लबका अध्यक्ष केशवबहादुर थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समितिका सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए ।
कराते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथहरुलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे । उनले भने, हामीले सहाराको धेरै चर्चा सुनेका थियौं । आज यहि आउने अवसर मिल्यो । सहाराको कामको हामी सबैले प्रशंसा गर्नुपर्दछ ।
नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले दुई दशकअघि स्थापना भएको सहारा खेलकुद र सामाजिक कामका लागि उदाहरणीय क्लब भएले अन्य क्लबले त्यसबाट प्रेरणा लिनुपर्ने बताए ।
क्लबका अध्यक्ष थापाले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरुले एकेडेमीको भ्रमण गर्दा एकेडेमीका खेलाडीको हौसला बढ्ने बताए । उनले एसियाडमा भाग लिने खेलाडीलाई क्लबकातर्फबाट सफलताको कामना गरेका थिए ।
हिरासिंह डंगोल र श्रेष्ठ प्रशिक्षक रहेको टोलीमा चञ्चला दनुवार, अनुअधिकारी, सुनिता महर्जन, रिता कार्की, परशुराम बास्तोला दिवस श्रेष्ठ र सोनाम लामा छन् । सोही अवसरमा हङकङ सहारा क्लबका सह कोषाध्यक्ष नवराज (प्रविण) गुरुङले एकेडेमीका खेलाडीका लागि फलफुल र चाउचाउ प्रदान गरेका थिए ।
यसैबीच, पोखराको सहारा क्लबको सहरा एकेडेमीले स्थापना गरेको अक्षयकोषमा फुच्यो गुरुङ र उनको परिवारले आर्थिक सहयोग गरेको छ । पर्वत जिल्ला कुस्मा नगरपालिका डाडा खर्क स्थायी बसोबास भएका र हाल पोखरा महानगरपालिका स्थित वडान नं ७ मा बस्दै आएकी गुरुङले क्लबलाई १ लाख १ सय १ रुपैयाँ सहयोग गरेकी हुन् ।
उनले सहारा क्लबका अध्यक्ष केशवकुमार थापालाई पोखरास्थित निवासमै रकम हस्तान्तण गरेकी हुन् । अक्षयकोषमा अहिले सम्म १ करोड रुपैयाँ भन्दा बढी संकलन भइसकेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]