8 years ago
June 8, 2018
काठमाडौ (हाम्रो खेलकुद)– महिला भलिबलका दुई चर्चित क्लब शिवम् न्यु डायमण्ड र नेपाल एपिएफ क्लबबीच चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त पक्का भएको छ । लिगको अन्तिम चारमा तीन विभागिय टोली र न्यु डायमण्ड पुगेका थिए ।
शुक्रबार भएको सेमिफाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफसँगको उपाधि भिडन्त पक्का गरेको हो । सेमिफाइनलमा पराजित गरेसँगै डायमण्डले लिग चरणको पहिलो खेलमा बेहोरेको ३–१ को हारको बदला लिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा न्यु डायमण्डले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २५–१८ ले सहजै जितेपनि डायमण्डले तेस्रो सेट ११–२५ ले गुमाउन पुगेको थियो । तर, चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डायमण्डले २५–१५ को सहज जित निकाल्यो ।
शुक्रबारै भएको पहिलो सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ३–० को सहज जित निकाल्न सफल भयो । एपिएफलेलो आर्मीलाई २५–१२, २५–२२ र २५–१५ को सहज जित निकाल्यो ।
न्यु डायमन्ड र एपिएफबीच शनिबार २ बजे फाइनल हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ । त्यसअघि दिनको १२ बजे तेस्रो स्थानो लागि आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा एपिएफलाई पराजित गर्दै एपिएफको विजयी यात्रामा पूर्णविराम लगाएको डायमण्ड शुक्रबार सोही नतिजालाई दोहो¥याउने लक्ष्यमा रहदै सिजनको पहिलो उपाधि जित्ने अभियानमा हुनेछ ।
गत माघमा आफैले आयोजना गरेको शिवम् न्यु डायमण्ड कप जितेयता न्यु डायमण्ड उपाधिविहीन छ । यता एपिएफले भने त्यसपछिको ६ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । एपिएफ लिग चरणमा बेहोरेको हारको बदला लिदै यो सिजनको तेस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा ६ टिमले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगका शीर्ष ४ टोली सेमिफाइनलमा पुगेका थिए ।
जेठ २१ गतेबाट शुरु भएको प्रतियोगिताको विजेताले २ लाख रुपैया प्राप्त गर्नेछ । उपविजेताले १ लाख तथा तेश्रो र चौथो हुने टिमले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछिन् । त्यस्तै बिधागततर्फका उत्कृष्ट स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्टर र बेष्ट कोचले जनहि ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]