8 years ago
June 15, 2018
काठमाडौं– नेशनल कलेज धुम्बराही काठमाडौंले आयोजना गरेको नेशनल युथ फेष्टको पहिलो दिन शुक्रबार नेपाली खेलकुद र खेलाडीका विषयमा चर्चा भएको छ । ओलम्पियन दीपक विष्ट र नेपाली राष्ट्रिय फुटबल टोलीका विक्रम लामाले आफ्नो खेलजीवन र नेपाली खेलकुदको अवस्थाका बारेमा नेशनल कलेजका विधार्थीका बीचमा राखेका थिए ।
नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले सहजिकरण गरेको प्यानल डिस्कसनमा ओलम्पिक दीपकले देशमै रहेर नेपाली खेलकुदलाई अघि बढाउन सकिन्छ भने उद्देश्यका साथ विदेशमा अवसर पाउँदा पनि नगएको सुनाए । दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण र एसियाली खेलकुदमा दुई कास्य पदक जितेका दिपकले भने, ‘विदेश गएर मैले यो भन्दा सहज जीवन विताउन सक्थे होला । मेरा समकाली थुप्रै साथी विदेशमै हुनुहन्छ । तर, यहि खेलकुदका लागि केहि गर्न सकिन्छ भन्ने विश्वासका साथ बसेको हु ।’
विक्रमले राष्ट्रिय टोलीबाट खेल्दा गौरव महसुस हुने र सबैभन्दा ठूलो आत्म सन्तुष्टी मिलेको बताए । ‘मसँग खेलेका कतिपय साथीहरु विदेशमा छन् । उनीहरुले राम्रो कमाई गरेका छन्, राम्रो ठाँउमा बसेका छन्,’ विक्रमले भने, तर, ‘कहिलेकाही कुराकानी हुँदा उनीहरुले देश मिस गरेको प्रष्ट हुन्छ । त्यो हेर्दा आफुलाई निकै सन्तुष्टी मिल्छ ।’
दिपक जस्ता खेलाडीहरुले देशका लागि प्राप्त गरेको सफलताले नै आफ्नो पुस्तालाई हौसाल मिलेको उल्लेख गर्दै विक्रमले भने, ‘मलाई पनि उहाँहरुले जस्तै नेपालको झन्डा भएको जर्सी लगाउने रहर थियो । मेहनत गर्दै गए एक दिन सफल पनि भए । त्यसले मेरो जीवन सफल भएको महसुस गरेको छु । ‘
खेलकुद नीति कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गर्दै ओलम्पियन विष्टले भने, ‘खेलकुदका बारेमा बुझेको व्यक्ति राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्त भएको खण्डमा नेपालको खेलकुद विकास गर्न सम्भव छ ।’ १२ औं सागमा स्वर्ण पदक जित्दा र सोलिडारिटी कप विजेता टोलीका सदस्य विक्रमले मेहनत र अनुशासनले नै एउटा सफल खेलाडी बन्न सकिने हुँदा विधार्थीहरुलाई त्यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।
उच्च माध्यामिक तहका विद्यार्थीहरुको ब्यक्तित्व विकास एवं क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेशनल कलेजले पहिलो पटक ‘नेशनल युथ फेष्ट’ आयोजना गरेको जनाएको छ । तीन दिन सम्म चल्ने युथ फेष्टमा कार्यक्रममा राजनीतिक, खेलकुद, युवा उद्यमी र जीवनका विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका व्यक्तित्वहरुसँग अन्र्तक्रिया गर्ने कार्यक्रम राखिएको आयोजक समितिका समुन्द्र तिमल्सिनाले जानकारी दिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]