default_image

8 years ago

June 15, 2018

टोकियो ओलम्पिकका लागि नेपालको प्राथमिकतामा ९ खेल

217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दुई वर्षपछि जापानमा हुने टोकियो ओलम्पिकमा ९ खेललाई विशेष प्रथामिकतामा राख्दै तयारी सुरु गर्ने बताएको छ । पदकको आशा गरिएका खेललाई विशेष तयारीमा राखिने शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।

ओलम्पिक सोलिडारिटी कोर्स अन्तर्गत नेपालले जुडो, तेक्वान्दो, बक्सिङ, कराते, आर्चरी, एथलेटिक्स, सुटिङ, भारोत्तोलन र स्वीमिङलाई प्राथमिकतामा राखेको जनाएको छ । श्रेष्ठ एक दशकभन्दा अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव हुँदा २०२० को ओलम्पिकमा स्वर्ण पदक जित्ने लक्ष्यसहित भिजन ट्वान्टी ट्वान्टी सार्वजनिक गरिएको थियो ।

तर, उनकै कार्याकाल वा त्यसपछिका सदस्य सचिवको कार्यकालमा पनि त्यो भिजन अनुसार कुनै काम अघि बढेन । टोकियो ओलम्पिकलाई एनओसीले ओलम्पिक सोलिडारिटीमा परेका ९ खेलबाट २ देखि ४ खेलाडीलाई बिशेष तयारीका लागि वैदेशिक प्रशिक्षणमा पठाउने जनाइएको छ । सोही कोर्ष अनुसार जुडोकी फुपूल्हामु खत्री प्रशिक्षकका लागि जापान गइसकेकी छिन् ।

जुडोकै मनिता शाही भदौंमा आयोजना हुने एसियाली खेलकुद पछि त्यसतर्फ जाने बताइएको छ । तेक्वान्दो र एथलेटिक्सका खेलाडीलाई पनि केहि समय पछि वैदेशिक प्रशिक्षणमा पठाइने एनओसीले जनाएको छ । सन् २०१६ को रियो ओलम्पिक सकिएको लगत्तै टोकियो ओलम्पिकको तयारी सुरु गर्ने भनिए पनि अनेक कारणले सम्भव नभएको एनओसी अध्यक्ष श्रेष्ठले बताए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.