7 years ago
June 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकाको लासभेसामा आयोजना हुने विश्व भेट्रान्स टेबलटेनि प्रतियोगितामा नेपाली टेबल टेनिसका मुख्य प्रशिक्षक शंकर गौतमले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
सोमबारबाट सुरु हुने प्रतियोगितामा भाग लिन अखिल नेपाल टेबुल टेनिस संघका महासचिव समेत रहेका गौतम त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
असार १० गते सम्म चल्ने प्रतियोगितामा ५ हजार भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना हुने गरेको छ ।
यसअघि स्पेनमा भएको संस्करण निर्णायकको भुमिका निर्वाह गरेका गौतमले दक्षिण एसियाली जुनियर टेवलटेनिस प्रतियोगिता, एसियन जुनियर प्रतिायोगिता, विश्व जुनियर टेवलटेनिस प्रतियोगिता, दक्षिण एसियाली खेलकुद, एसियन च्याम्पियनसीप, विश्व टेवलटेनिस प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
त्यस्तै उनले यु.एस. ओपन, कमनवेल्थ गेम्स लगायत गरी भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, जापान, कोरिया, अमेरिका, अष्ट्रिया, स्पेन, लगायतका देशमा अन्तर्राष्ट्रिय निर्णायकको भुमिका निर्वाह गरिसकेका छन् ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]