7 years ago
June 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोफिचो जुनियर अन्तर स्कुल फुटसल च्याम्पियनसिपमा मंगलबार यु १४ का खेलहरु शुरु भएको छन् । राजधानीका चार फुटसल एरिनामा भएको प्रतियोगिताबाट सेमिफाइनल समिकरण पुरा भएको छ ।
बानेश्वर फुटसलमा भएको प्रतियोगिताबाट एक्मी, दिव्य दर्शन, एस र एप्पल इन्टरनेशनल स्कुलले सेमिफाइनलमा स्थान बनाए । एक्मीले इपिएस र दिव्य दर्शनले एभिएममाथि समान ३–० को जित निकाल्यो । यस्तै एसले रोजवडमाथि ४–२ को तथा एप्पलले ओलम्पियामाथि २–० को जित निकाल्यो ।
अब एक्मी र इपिएस तथा एस र एप्पलबीच सेमिफाइनल खेल हुनेछ । बुधबारै भएको यु–१२ को खेलमा विद्या संस्कार, राजश्री गुरुकुल र रोजवर्डले सेमिफाइनलमा स्थान बनाए । सेमिफाइनलमा ओलम्पिया र रोजवड तथा विद्या संस्कार र राजश्री गुरुकुलबीच खेल हुनेछ । नेशनल स्पोर्टस् सेन्टर च्यासलमा भएको प्रतिस्पर्धाबाट यु–१४ तर्फको समूह ‘बी’ बाट सेन्ट जेभियर्सले रुपक मेमोरियललाई ७–० ले पराजित गर्न सफिल भयो ।
यस समूहबाट समूह विजेता छिनोफानो हुन बाँकी छ । समूह ‘ए’ बाट रातो बंगला र नेपाल तारा, समूह ‘सी’ बाट युलनेस र साउथ प्वाइन्टले क्वार्ट फाइनलमा स्थन बनाउन सफल भए । अन्य समूहको खेल बिहिबार हुनेछ । यस्तै सामाखुशी फुटसल एरिनामा भएको स्पर्धाबाट यु–१४ तर्फ समूह ‘ए’ बाट हिमरश्मी र एपिआई, समूह ‘बी’ बाट भ्याली पब्लिक र रिब्स, समूह ‘सी’ र समूह ‘डी बाट क्वार्टरफाइनल पुग्ने टोलीके टुङ्गो लागेको छैन ।
सामाखुशीमै भएको यु–१२ तर्फ एक्सेलसर, अमर, संस्कृति र साइपाल स्कुलले समूह विजेता बन्दै क्वार्टर फाइनलमा स्थान बनाउदा न्यु जेनिथ, राजन मेमोरियल, ग्रिनल्याण्ड र किड्स लर्निङ समूह उपविजेता बन्न सफल भए । ग्रासरुट फुटसलमा भएको यु–१२ स्पर्धाबाट इनसाइड भिजन, ड्याफोडिल, जोन डिवे र त्रिरत्न समूह विजेता बने ।
टिआइए, यु युत्सु, आइडियल र काष्टमण्डप समुह उपविजेता बने । यु–१४ तर्फ त्रिनेत्र, हिमालयन, एपेक्स लाइफ र यु युत्सु समूह विजेता तथा बुढानिलकण्ठ, जोन डिवे, इनसाइड भिजन र टिआइए समूह उपविजेता बन्दै अन्तिम आठमा स्थान बनाउन सफल भए ।
प्रतियोगिता अन्र्तगत बिहिबार क्वार्टरफाइनलका बाँकी खेलहरु र सेमिफाइनलका खेलहरु हुनेछ । हरेक एरिनाबाट च्याम्पियन बनेकाहरुबीच ग्रासरुट फुटसलमा सेमिफाइनलर फाइनल खेल हुनेछ । प्रतियोगिताका संयोजक राजु श्रेष्ठका अनुसार फाइनल शुक्रबार हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]