7 years ago
June 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रिमियर स्कुल, इपिएस स्कुल, बुढानिलकण्ठ र शिवपुरी स्कुल भेन्यु विजेताको रुपमा टोफिचो जुनियर च्याम्पियनसिप कप अन्तर स्कुल फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुढानिलकण्ठ ग्रासरुट फुटसलबाट ग्राउण्ड च्याम्पियन बन्दा प्रिमियर स्कुल नेशनल स्पोर्टस् सेन्टर च्यासलको ग्राउण्ड च्याम्पियन बने । सामाखुशी फुटसलबाट शिवपुरी स्कुल र बानेश्वर फुटसलबाट इपिएस ग्राउण्ड च्याम्पियन बन्दै मेघा सेमिफाइनलमा स्थान बनाउन सफल भएका हुन् । ग्रासरुट फुटसलमा भएको यु–१४ तर्फको फाइनलमा बुढानिलकण्ठले इनसाइड भिजनमाथि ५–१ को फराकिलो जित निकाल्दै ग्राउण्ड च्याम्पियन बने ।
यु–१२ तर्फ ड्याफोडिलले त्रिनेत्रलाई १–० ले पराजित गर्दै ग्राउण्ड च्याम्पियन बनेर मेघा सेमिफाइनलमा थ्सन बनाउन सफल भए । च्यासलमा भएको यु–१४ तर्फको फाइनलमा प्रिमियरले युलनेसलाई ६–२ ले परासजत गर्दै ग्राउण्ड च्याम्पियन बने । यु–१२ तर्फ रातो बंगलाले सेन्ट जेभियरलाई २–० ले पराजित गर्दै ग्राउण्ड च्याम्पियन बने ।
सामाखुशी फुटसलमा भएको यु–१४ तर्फ शिवपुरीले हिमरश्मीलाई ५–२ ले पराजित गर्न सफल भए । यु–१२ तर्फ साइपालले अमर स्कुललाई पेनाल्टी सुटआउटमा ३–१ पराजित गर्दै मेघा सेमिफाइनलमा स्थान बनाउन सफल भयो । बानेश्वर रिक्रिएसनमा भएको यु–१४ को फाइनलमा इपिएससले एप्पल स्कुलमाथि सडन डेथमा ६–५ ले पराजित गर्दै ग्राउण्ड च्याम्पियन बन्न सफल भए ।
यु–१२ तर्फ गुरुकुलले मेघा सेमिफाइनलमा स्थान बनाउन सफल भए । गुरुकुलले ग्राउण्डको फाइनलमा ओलम्पियामाथि ३–० को सहज जित निकालेको थियो ।मेघा सेमिफाइनल र फाइनल ग्रासरुट फुटसलमा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]