7 years ago
July 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टेबल टेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ विजेश्वरी मावि बुधबार ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको छ । विजेश्वरी र स्कुलको टेबुलटेनिसको प्रवद्र्धनका लागि एक वर्षको सम्झौतामा नवीता र स्कुलकी प्रिन्सिपल विन्दु तुलाधरले हस्ताक्षर गरेका छन् ।
विजेश्वरीले नवितालाई एक वर्षका लागि १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने बताइएको छ । प्रिन्सिपल तुलाधरले सम्झौता लम्बिन सक्ने बताइन् । कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यको उपस्थिति थियो ।
नविताले विजेश्वरीमा नर्सरीदेखि एसएलसी सम्म अध्ययन गरेकी थिइन् । नविता लगातार सातौंपटककी राष्ट्रिय च्याम्पियन हुन् । नेपाली टेबलटेनिसको इतिहासमा सबै भन्दा बढी राष्ट्रिय च्याम्पियन बनेको कीर्तिमान सागकी स्वर्णधारी सिजरिन शाहको नाममा छ । सिजरिन लगातार नभइ फरक समयको अन्तरालमा ८ पटक राष्ट्रिय च्याम्पियन बनेकी थिइन् ।
कार्यक्रममा प्रिन्सिपल तुलाधरले विजेश्वरी टेबलटेनिस खेलमै बढी केन्द्रीत भइ उत्कृष्ट खेलाडी उत्पादन गर्न सकेकोले नवितालाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरिएको बताइन् । नविताले विजेश्वरीमा पाएको ‘प्लेटफर्म’ बाटै आफू आज यो स्थानमा पुग्न सफल भएको बताउदै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताइन् ।
टेबलटेनिस संघका अध्यक्ष वैद्यले नविता टेबलटेनिसको रोल मोडल भएको धारणा व्यक्त गर्दै विजेश्वरीको चाहनालाई पूरा गर्न नविता सफल हुने विश्वास व्यक्त गरे ।विजेश्वरीका अध्यक्ष मणिकरन्त तुलाधरले अत्तिरिक्त क्रियाकलापमा उत्कृष्ट गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सुरुआत गरिएको बताउदै यो सम्झौताले अन्य विद्यार्थी समेत प्रेरित हुने विश्वास व्यक्त गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]