7 years ago
July 16, 2018
लन्डन (एजेन्सी) –सर्बियन टेनिस स्टार नोभाक जोकोभिच विम्वल्डन टेनिसको च्याम्पियन बनेको छ । सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकी खेलाडी केभिन एण्डरसनलाई पराजित गर्दै जोकोभिचले विम्वल्डन टेनिसको उपाधि जित्न सफल भएका हुन् ।
१२ औं वरियताका जोकोभिचले आठौं वरियताका एण्डरसनलाई ६–२, ६–२ र ७–६ ले पराजित गर्दै चौथोपटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएका हुन् । जोकोभिचले यसअघि २०११, २०१४ र २०१५ मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए ।
३१ बर्षीय जोकोभिचको यो १३ औं ग्राण्डस्लाम उपाधि हो । दुई वर्षसम्म चोटले सताएका जोकोभिचले विम्वल्डन उपाधि जितसँगै फेरि आफ्नो पुरानो फर्ममा फर्किएको संकेत गरेको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]