7 years ago
July 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी पुरुष एकलतर्फ र पाकिस्तानकी साजाद माहुर महिला एकलतर्फ अन्नपुर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा शनिबार भएको खेलमा पुरुष एकलतर्फको फाइनलमा एपिएफका दिपेशले सिल्कका प्रिन्स दाहाललाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गरे । बंगलादेशका मोहम्मद सलमान खान र आर्मीका प्रिन्स दाहाल तेस्रो भए ।
महिला एकलतर्फको फाइनलमा पाकिस्तानकी साजाद माहुरले त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनमाथि २१–१५ र २१–१० को सहज जित निकालिन् । अघिल्लो संस्करणकी विजेता आर्मीकी नङ्सलदेवी तामाङ र अमिता गिरी तेस्रो भइन् ।
मिक्स डबल्समा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडी च्याम्पियन बन्यो । दिपेश र पुजाकोे जोडीले आर्मीका प्रफुल महर्जन र नङ्सलदेवी तामाङको जोडीलाई २२–२० र २१–१७ ले पराजित गर्यो ।
पुरुष डबल्समा भारत आसामका जुम्ल्याहा दाजुभाई रानाजन बुरागोहाई र अनाजन बुरागोहाईको जोडी च्याम्पिन बन्यो । बुरागोहाईको जोडीले एपिएफका दिपेश र विजित थापामगरको जोडीलाई २१–१९ र २१–१६ को सहज सेटमा पाखा लयो ।
पुरुष यु–१९ एकलमा सिल्कका प्रिन्स दाहाले च्याम्पियन बने । उनले आर्मीका प्रफुल महर्जनमाथि २१–१५ र २१–१९ को सहज जित निकाले ।रुकेश महर्जन र पविन लिङथेप तेस्रो भए । महिला यु–१९ एकलमा आर्मीकी रसिला महर्जन च्याम्पियन बनिन् । उनले नेपाल पुलिस क्लबकी जेसिका गुरुङमाथि २१–१९ र २१–१९ को जित निकाल्न सफल भईन् ।
जुनियरतर्फ महिला र पुरुष एकल तर्फका विजेताबाहेक अन्य स्पर्धाका विजेताले दुई तोला, उपविजेताले एक तोला र तेस्रो हुने खेलाडीले आधा तोला सुन पुरस्कार प्राप्त गरे । जुनियरतर्फ महिला तथा पुरुष सिंगल्सका विजेताले भने एक तोला, दोस्रो हुनेले आधा तोला र तेस्रो स्थान हासिल गर्नेले चार आना सुन पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]