7 years ago
July 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ई–प्लानेट अन्तर कलेज फुटसल प्रतियोगता यही बिहीबार र शुक्रबार हुने भएको छ । नेसनल कलेजको आयोजनामा हुने दुई दिने प्रतियोगिता बालुवाटारस्थित ढुकु फुटसल हबमा हुनेछ । प्रतियोगितामा देशभरका ३२ कलेजले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेलहरु नकआउटका आधारमा हुने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागीता जनाउनेछन् । राष्ट्रिय खेलाडी र ‘ए’ डिभिजनका खेलाडीले प्रतियोगिता खेल्न नपाृने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँसहित कूल ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नछ । दोस्रो हुनेले नगद २० हजार रुपैयाँसहित कूल ३० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई एजुकेसन प्लानेट (ई–प्लानेट) प्रालिले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा नेपाल एसबीआई बैंक रहेको छ । १६ टोली सहभागी रहेको गत वर्ष आयोजित प्रतियोगिताको उपाधि आयोजक नेसनल कलेजले जितेको थियो । प्रतियोगीतामा सहभागिताका लागि प्रति टिम ६ हजार रूपैयाँ रजिस्ट्रेसन शुल्क बुझाउनुपर्ने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]