default_image

7 years ago

July 30, 2018

अन्तर स्कुल छात्रा फुटसलमा १२ टोली

151 views

0 Bookmark

काठमाडौंं (हाम्रो खेलकुद) – ब्राइट फ्युचर माध्यमिक विद्यालयको आयोजनामा ‘प्रथम ब्राइट उपत्यकाव्यापी अन्तर स्कुल छात्रा फुटसल’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मंगलबार र बुधबार दुई दिन ढुङ्गेअड्डास्थित आदर्श फुटसलमा हुनेछ ।

प्रतियोगितामा विभिन्न ९ स्कुलको सहभागिता रहने प्रतियोगिता संयोजक तथा ब्राइट फ्युचरका प्रशिक्षक दीपक वाइवाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताको समूहको शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको पहिलो दिन समुह चरणका खेल हुनेछ । दोस्रो दिन सेमिफाइनल, तेस्रो स्थान र फाइनल खेल हुने पुर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक रमेश बुढाथोकीले जानकारी गराए ।

समूह चरणका खेल १५ मिनेटको हुनेछ । सेमिफाइनल, तेस्रो स्थान र फाइनल खेल २० मिनेटको हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नगदसहितको प्रतियोगिता राख्दा स्कुलले बाहिरी खेलाडी ल्याउन सक्ने बताउदै नगद पुरस्कार राशि नराखिएको आयोजकले जनाएको छ ।

समूह ‘ए’– ब्राइट फ्युचर ‘ए’, अमर इंग्लिस स्कुल र छहारी शिक्षा सदन
समूह ‘बी’– ब्राइट फ्युचर ‘बी’ महेन्द्र फुलबारी र सेन्ट जेभियर
समूह ‘सी’– ब्राइट फ्युचर ‘सी’, ग्रीन तारा र पाराडाइज रिर्डस ‘ए’
समूह ‘डी’– मंगलदीप, लिटिल बड र पाराडाइज रिर्डस ‘बी’

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.