default_image

7 years ago

August 1, 2018

एसियाडका लागि कराते टोलीको अन्तिम तयारी जापानमा

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ । अगष्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धामा नेपालबाट समान ४ पुरुष/महिला गरी ८ खेलाडीले नेपालको चुनौती पस्कने छन् ।

पुरुष एकल कातामा पर्शुराम बाँस्तोला, ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय लामा र ८४ केजीमा दिवस श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलामा चन्चला दनुवारले एकल काता, अनु धिकारीले ५० केजी, सुनीता महर्जनले ६१ केजी र रिता कार्कीले ६८ केजीमाथि चुनौति प्रस्तुत गर्नेछन् ।

प्रशिक्षकमा दीपक श्रेष्ठ तथा हीरासिंह डंगोल रहेका छन् । जापानबाटै टोली अगष्ट २२ मा इन्डोनेसिया जाने बताइएको छ । एसियाडमा नेपालले करातेमा हालसम्म ३ कांस्य जितेको छ । १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र २०१४ को इन्चोन एसियाडमा विमला तामाङले नेपाललाई कांस्य दिलाएका थिए ।

इन्चोन एसियाडमा विमलाले जितेको कांस्य नेपालले हात पारेको एक पदक मात्र थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे । सोही अवसरमा थापा बिजनस ग्रुपका प्रोप्राइटर प्रणील थापा र नेपाल कराते महासंघका उपाध्यक्ष दीपक मल्होत्राद्वारा प्रायोजित ट्रयाकसुट पनि टोलीका सदस्यलाई प्रदान गरिएको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.