7 years ago
August 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटभली टोली एसियन च्याम्पियनसिपका लागि थाइल्यान्ड जाने भएको छ । टिमलाई बुधवार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट बिदाई गरेका छन् ।
टोली बिहिबार थाइल्यान्ड प्रस्थान गर्नेछन् । नेपाली टोलीको नेतृत्व प्रिया लक्ष्मी कार्कीले गरेकी छन् । व्यवस्थापकमा सृष्टि काफ्ले रहेकी छन् । प्रतियोगितामा खेलाडीहरु सागर श्रेष्ठ, विजय श्रेष्ठ, बुद्ध डंगोल, आदर्श डंगोल रहेका छन् । ७ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा एसियाका १९ राष्ट्रहरुले सहभागिता जनाउनेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]