7 years ago
August 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली तेक्वान्दोकी सफल खेलाडी आयशा शाक्यलाई अन्तर्राष्ट्रिय ठूला खेल मेलामा नेपालको प्रतिनिधित्व गर्ने आदत नै भइसकेको थियो । एक दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनमा उनले सफलता पनि त्यस्तै हात पारिन्, जसलाई प्राप्त गर्नु हर खेलाडीको चाहना हुन्छ । सन् २००६ देखि २०१६ सम्मका तीन एसियाली खेलकुद र तीन दक्षिण एसियाली खेलकुद(साग) मा उनले देशको प्रतिनिधित्व गरिन् ।
६ मध्ये ४ वटा यात्रामा उनी पदकसहित स्वदेश फर्किइन् । उनलाई अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने मात्र होइन पदक जित्ने पनि आदत थियो । तर, यसपटक शनिबारबाट इन्डोनेसियामा औपचारिक रुपमा सुरु हुने १८ औं एसियाली खेलकुदमा उनी टोलीको हिस्सा हुन सकिनन् । भन्छिन्, ‘निकै मिस हुँदो रहेछ ।’ उनको नाममा सागमा १ स्वर्ण , २ रजत र एसियाडमा १ कास्य पदक रहेको छ । समकालिन खेलाडीमा यो सानो सफलता होइन ।
२००६ मा पहिलो पटक साग खेलेकी उनले २०१६ को १२ औं सागमा पनि खेलिन् । दुवैमा रजत पदक जितिन् भने २०१० मा उनले स्वर्ण जितेकी थिइन् । एसियाडमा भने २००६ को पहिलो सहभागितामै कास्य पदक जितेकी थिइन् । २०१० र २०१४ मा भने उनी पदक विहिन भइन् । भनिन्छ, ‘जित्नेको इतिहास लेखिन्छ । हार्नेको कसैले वास्ता
गदैनन् ।’ त्यो दुवै अनुभव उनीसँग छ । ‘तपार्ई हारेर फर्कदा कसैको नजरमा पनि पर्नु हुन्न कसैले वास्ता पनि गर्दैछन्, उनले सुनाइन्, जितेर फर्कदा भने केहि गरे भन्न हुन्छ । त्यो एयरपोर्टको माहोलनै अर्को हुन्छ ।’
१२ औं सागपछि दोस्रो सन्तानकी आमा बनेकी आयशाको अझै एक पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर विश्राम लिने इच्छा छ । खेल्न अझै पुगेको छैन । म अहिले सम्म रेस्टमै थिए । अब फेरि एक पटक प्रयास गर्छु, उनले भनिन्, त्यसपछि विश्राम लिने सोच हो । तेक्वान्दोको सर्वकालिन सफल खेलाडी दीपक विष्टसँगको विवाह पछि पनि उनको खेल जीवनले गतिले लिएकोले आफुलाइ आयशा भाग्यमानी पनि ठान्छिन् ।
‘हाम्रो त घरको माहोल नै तेक्वान्दोमय छ ,’ उनी सुनाउछिन्, ‘घरको वातावरणले पनि अघि बढ्न निकै सहज हुने ।’ दीपक आफैले सागमा लगातार ४ स्वर्ण र एसियाडमा २ कास्य पदक जितेका छन् । दीपक र आयशाले २००६ र २०१० को सागसँगै खेले भने २००६ को एसियामा पनि सँगै पदक जिते ।
उनीहरु दुवैको तेक्वान्दो एकेडेमी खोल्ने सपना पनि छ । ‘म अहिले पनि प्रशिक्षण दिन थालेको छु ,’ उनले भनिन्, ‘त्यसलाई एकेडेमीको सुरुवातको रुपमा बुझ्न सकिन्छ ।’ उनले तेक्वान्दोको प्रशिक्षणलाई निरन्तरता दिने योजना रहेको सुनाइन् । मलाई आफ्नो खेल जीवनमा आफुले प्राप्त गर्न नसकेको सफलता ती ससाना नानीबाट पुरा भएको हेर्ने मन छ ।
एसियाली खेलकुदको अनुभव त्यसमा प्राप्त सफलता र असफलता, नेपालको तेक्वान्दो र खेल क्षेत्रका बारेमा आयशासँगको अन्तवार्ता शनिबार साँझ ८ः०० बजे एक्सन स्पोर्टसको फेयर प्लेमा प्रसारण हुँदैछ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]