7 years ago
August 30, 2018
जाकार्ता (एजेन्सी)-जाकार्ता इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत महिला १५ सय मिटर दौडमा नेपालकी सरस्वती भट्टराई आफ्नो प्रदर्शन सुधार्नबाट १ सेकेन्डले चुकेकी छन् । जिबिके मेन स्टेडियममा भएको स्पर्धामा उनले निर्धारित दुरी ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् । जुन उनैले रियो ओलम्पिकमा राखेको समयभन्दा १ सेकेन्ड कम हो । रियो ओलम्पिकमा सरस्वतीले ४ मिनेट ३३.९४ सेकेन्डको समय निकालेकी थिइन् ।
२० खेलाडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा उनी १४औं स्थानमा रहिन् । भारतकी मोनिका चौधरीले दौड शुरुवात गरिनन् । बहराइनका बेफकाडु कल्कीडानले ४ मिनेट ७.७८ सेकेन्डा दुरी पूरा गर्दै स्वर्ण जितिन् । बहराइनकै विले टिगिस्टले ४ मिनेट ९.१२ सेकेन्डमा पूरा गर्दै रजत तथा भारतकी चित्रा पालाकिज उन्नीकृसनानले ४ मिनेट १२.५६ सेकेन्डमा पूरा गर्दै कास्य जितिन् ।
यससँगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको छ । बिहिबार नेपालकी धाविका सरस्वती भट्टराईको प्रतिस्पर्धासंगै नेपालको चुनौती सकिएको हो । यसअघि सरस्वतीले ८ सय मिटर दौडमा आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । हिट चरण पुरा गर्न नसकेपनि सरस्वतीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै निर्धारित दुरी २ मिनेट १२.८५ सेकेन्डमा पुरा गरेकी थिइन् ।
सोमबहादुर कुमालले ८०० मिटर दौडमा २३ वर्ष पुरानो कीर्तिमान तोडेको थियो । उनले ४०० मिटर दौडमा भने दौडन पाएनन् । १०० मिटर दौडमा यामसाजन सुनारले प्रतिस्पर्धा गरेका थिए । २०० मिटरमा चोटका कारण यामले खेल त्योगेका थिए । म्याराथनमा कृष्ण बस्नेत र गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गरेपनि दौड पूरा गर्न सकेको थिएन । एथलेटिक्समा नेपालका चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
टेबलटेनिसः नविताको मिश्रित प्रदर्शन
जेआईई एक्सपो हल बीमा भइरहेको टेबलटेनिसको महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठले मिश्रित प्रदर्शन गरेकी छन् । पहिलो चरणमा नविताले मकाउकी फेइ सुट तमलाई ११–८, ८–११, ३–११, ११–८, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरिन् । अर्कोमा नविताले हङकङकी केम होइ डुलाई ११–५, ११–१, ११–६ र ११–७ ले नतिजा सुम्पिइन् ।
महिला सिंगल्समै मंगोलियाकी दोलीजिन्जु बत्बयरले नेपालकी स्वेच्छा नेम्वाङलाई ११–९, १३–११, ११–६ र ११–६ को सोझो सेटमा हराइन् । पुरुष सिंगल्समा मंगोलियाका इर्डेनबयर चिन्बाटले नेपालका अमरलाल मल्ललाई ११–८, ९–११, ६–११, ११–८, ८–११, ११–२ र ११–५ तथा मकाउका छेन चि छियोङले नेपालका श्यान्टु श्रेष्ठलाई १२–१०, ११–८, ११–९, ७–११, ५–११ र ११–८ को सेटमा पन्छाए । बिहीबारको खेलसंगै टेबलटेनिसमा नेपालको चुनौती समाप्त भएको छ ।
सेपाकताक्रो : पाकिस्तानमाथि जित
पाकिस्तान पराजित सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपालले पाकिस्तानलाई २–० को सोझो सेटमा पराजित गरेको छ । नेपाल २१–१६ र २१–८ ले विजयी भयो । इरानसंग भने नेपाल २–० ले पछि प¥यो । नेपालबाट गोविन्द मगर, रविन भट्टराई, रुपेश सुनार र सन्जित धिमालले प्रतिस्पर्धा गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]