default_image

7 years ago

September 15, 2018

‘खेलाडीको मनस्थिति बलियो नबनाए सफलता असम्भव’ –ओलम्पिन विष्ट

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्टले राष्ट्रले खेलाडीको मनस्थिति बलियो बनाउनु पर्ने र खेलाडीले पनि निश्चित समयका लागि सम्पूर्ण समय खेलका लागि दिने हो भने सफलता सम्भव हुने बताएका छन् । इन्डोनेसियसामा यसै महिना सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालका अधिकांश खेलाडीले निराश पारेपछि डिस होम एक्सन स्पोर्टसको फेयर प्लेमा बोल्दै कीर्तिमानी विष्टले सरकारले खेलाडीको मनोबल बढाउनुपर्नेमा जोड दिएका छन् ।

‘अहिलेको जस्तो हाम्रो तयारीले हामी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्दैनौं,’ उनले भने, ‘लामो तयारी गर्न आवश्यक छ । एउटा खेलाडीले ५ वर्ष खेलकुदमा पूर्णरुपमा समपर्ण गर्नुपर्दछ । त्यस्ता खेलाडीलाई सरकार र सम्बन्धित खेलले पदक जित्दा के र नजित्दा के गर्ने भन्ने ग्यारेन्टी गनुपर्दछ । त्यो अवस्थामा सफलता आशा गर्न सकिएला नत्र कठिन हुनेछ ।’

नेपालले प्याराग्लाइडिङ क्रस कन्ट्रीमा रजत पदक जितेको थियो । नेपालले भाग लिएका बाँकी २८ खेलमा नेपाल पदक विहिन भएर फर्केको थियो । अन्य खेलका दाजोमा तेक्वान्दोले लामो वैदेशिक प्रशिक्षणको मौका पाएको थियो भन्ने प्रश्नको उनको जवाफ थियो, ‘हो हामीले अरुले भन्दा बढी समय अभ्यास गर्यौं । तर त्यहा गएपनि हामीले कुनै थप सुविधाले लिएका गएका थिएनौं । दैनिक १४ सय रुपैयामा कोरियामा ३ महिना खेलाडीले बसेर अभ्यास गरे होला भन्ने कसैले चासो राखेको छैन ।”

उनले दक्षिण कोरिया गएर प्रशिक्षण गर्नुको मतलब पदकको ग्यारेन्टी भन्ने नहुने बताएका छन् । ‘कोरिया गएर अभ्यास गर्दैमा पदक आउने भए सबैले त्यहि अभ्यास गर्थे, ‘तेक्वान्दो टोलीका प्रशिक्षक विष्टले भने, ‘कोरियामा हाम्रा खेलाडीलाई केहि प्रतियोतिगा खेलायौं । त्यो पनि नखेलाएको भए एसियाडमा हामीलाई टिक्न गाह्रो पथ्र्यो ।’

एसियाडमा नेपाल पदक जित्नबाट चुकेको भन्दा नी अन्यले राम्रो तयारी गरेको विष्टको भनाई थियो । ‘हामी चुकेको भन्दा पनि अरु देशले धेरै राम्रो तयारी गरेका छन् । मार्सल आर्टस्मा सबैले पदकको आशा गर्छन र त्यहि अनुसारको तयारी गरेका हुन्छन् ,’ एसियाडमा २ कास्य पदक जितेका विष्टले भने, अरुको तयारी खरायो गतिमा छ हाम्रो तयारी कछुवाको गतिमा छ ।’

एसियाडमा सहभागी गराउने सबै खेललाई एउटै बास्केटमा हालेर हेर्ने परम्पराको पनि विष्टले सहि मानेनन् । उनले भने, पदकको सम्भावना भएका खेल र खेलाडी पनि नभएका खेललाई एउटै बास्केटमा हालेर हेर्ने तरिका सान्दर्भिक लाग्दैन ।

विष्टसँगको अन्तवार्ता शनिबार दिउँसो ३:३० बजे  प्रसारण  हुनेछ ।

https://www.facebook.com/actionsportsnepal/videos/302609243875356/?fb_dtsg_ag=AdwTwCj4mS1g9dRLkZF-DFjxiPFRnawZziH-rh8AB9wDfA%3AAdzlc452N0ga02NxbJC8Zd0wD3ztxhy3xu9S7EFnoG6nbw

 

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.