7 years ago
September 29, 2018
अर्जुन कार्की
बागलुङ– नेपालको राष्ट्रिय खेल हो भलिबल । बागलुङ जिल्लामा अरु खेल भन्दा भलिबल नै धेरैको रोजाईमा पर्ने गर्दछ । भौगोलिक बनोट र कम लगानीमा खेलन सकिने भएकाले ग्रामिण भेगमा भलिबल अहिले पनि लोकप्रिय खेलमा पर्दछ । जिल्लामा हुने मेला, महोत्सव चाडपर्वमा हुने कार्यक्रममा पनि भलिबल मुख्य आकर्षण हुने गरेको छ ।
जिल्लामा भलिबलको क्रेज छ, तर यहाँ खेलाडीले आफ्नो दायरालार्ई जिल्ला भन्दा माथि लान सकेका छैनन् । यहाँका थोरै खेलाडीले भलिबलमार्फत परिचय बनाएका छन् । तर, त्यो पनि सोचे अनुरुप छैन । बागलुङमा पुरुषको दाँजोमा महिला प्रतियोगिता कम हुने गरेको छ । महिला भलिबल पनि जिल्लामा रुचाईएपनि पुरुषको जस्तो प्रतियोगिता आयोजना हुँदैन ।
यस्तो पृष्ठभूमि रहेको बागलुङमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुन लागेको छ । नेपाल भलिबल संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको २२ औं संस्करण असोज २३ गतेदेखि २७ गतेसम्म बागलुङको गल्कोटमा आयोजना हुँदैछ ।
महिला भलिबल आयोजनाले जिल्लामा भलिबलको तत्कालिन क्रेजलाई त अवश्य पनि बढाउने छ ।
तर, त्यो प्रतियोगिताले जिल्लामा लामो समय सम्म प्रभाव पार्न सक्छ की सक्दैन त्यो भने केहि समय कुर्नुपर्ने हुन्छ । जिल्ला भलिबल संघ बागलुङको आयोजनामा हुने प्रतियोगिता नेपाल भलिबल संघको सहयोग र गल्कोट नगरपालिकाको आर्थिक सहयोग हुन लागेको हो । प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय गरि १० टोलीको सहभागिता रहनेछ ।
राष्ट्रिय महिला भलिबल आयोजना बागलुङका लागि अवसर र चुनौती यस्तो हुन सक्दछ ।
अवसर
१. भलिबलको लोकप्रियतामा बृद्धि- अन्य खेलको तुलनामा भलिबलप्रति क्रेज छ । यो प्रतियोगिताले भलिबलको लोकप्रियतालार्ई अझै बढाउने अपेक्षा गरिएको छ ।
२.खेलकुदका माध्यमबाट जिल्लाको प्रचार – यो प्रतियोगिता भने जिल्लाको खेलकुदको प्रचारप्रसारमा सहयोग पुग्ने आशा गर्न सकिन्छ । राष्ट्रिय महिला टोली निर्माणका लागि खेलाडी छनोटका रुपमा समेत यो प्रतियोगिता रहेकोले पनि धेरैको ध्यान यसले तानेको छ ।
३. खेलाडी उत्पादनको सम्भावना- महिला भलिबल प्रतियोगिता आयोजनाले बागलुङमा आउने दिनमा महिला खेलाडी उत्पादका लागि प्रेरणा मिल्न सक्नेछ ।
चुनौती
१. व्यवस्थापन- भौतिक पूर्वाधार नेपाली खेलकुद आयोजनाका लागि ठूलो चुनौति हुने गरेको छ । त्यो संगै व्यवस्थापन पनि त्यत्तिकै चुनौतिको विषय रहँदै आएको छ । महिला प्रतियोगितामा पहिलो पट १० टोलीले सहभागिता जनाउँदैछन् । यसअघि क्षेत्रका ५ र विभागका ३ टोली गरि ८ टोलीले प्रतिस्पर्धा गर्थे ।
देश संघियतामा गइसकेकपछि पहिलो पटक ७ प्रदेश र ३ विभाग गरि १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विगतमा भन्दा टोलीको संख्या बढेकाले बागलुङ जिल्ला संघलाई व्यवस्थापनको चुनौती हुन सक्दछ । सडक यातायातको सुविधा राम्रो नहुँदा पनि खेलाडीलाई आयोजना स्थल सम्म पुर्याउने केहि कठिनार्य हुन सक्दछ । सहभागी टोलीको बसोबास मिलाउन पनि संघलाई चुनौती हुन सक्दछ ।
२. आर्थिक – प्रतियोगिता आयोजनाका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। नेपाल भलिबल संघले प्रतियोगिताका लागि १ लाख रुपैयाँ दिएको छ । गल्कोट नगरपाकिलको ८ लाख रुपैयाँ छुटाएको छ भने बाँकी रकम जिल्ला संघले जुटाउनु पर्नेछ । त्यो सहज पक्कै हुने छैन । प्रतियोगिता आयोजना पछि हिसाब सार्वजनिक गर्ने परम्परा नभएका कारण पनि आर्थिक सहयोग जुटाउन पहिलाको तुलनामा जिल्लामा कठिन हुँदै गएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]