7 years ago
October 2, 2018
काठमाडौं(हाम्रो खेलकुद)- नवौं संस्करणको लिग लिगे दौड दुई सातापछि हुने भएको छ । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता आगामी असोज २८ गते आइतबार हुने आयोजक लिग लिग कोट विकास अभियानले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
यसपटकको दौड जित्ने धावकलाई एकरात लिग लिग कोटको राजको रुपमा राखिने र एक वर्षभर लिग लिग कोटको सद्भावना दुतको रुपमा राखिने लिग लिग कोट बिकास अभियानका अध्यक्ष पूर्ण बहादुर रानाले जानकारी गराए ।
लिगलिगे दौड प्रतियोगिता १३.८ किमिको हुनेछ । दौड पालुङटार नगरपालिकास्थित चेपेघाटबाट सुरु हुने दौड लिगलिगकोट दरबारमा आएर टुंगिने छ । प्रतियोगिताको विजेताले ६० हजार १ सय नगदसहित लिगलिगेको राजा घोषित गरिनेछ । विजेताले श्रीपेच समेत प्राप्त गर्नेछ ।
प्रतियोगितामा दोस्रोले ३५ हजार १ सय, तेस्रोले २५ हजार १ सय, चौथोले १२ हजार १ सय र पाँचौले ७ हजार १ सय नगद पुरस्कार पाउनेछन् । त्यस्तै छैटौंले ५ हजार १ सय, सातौंले ४ हजार १ सय, आठौंले ३ हजार १ सय र नवौले २ हजार १ सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
लिगलिगे दौड अन्तर्गत नै ५ किमिको समावेशी महिलातर्फको विजेताले २० हजार ५, दोस्रोले १२ हजार ५ र तेस्रोले ७ हजार ५ नगद पुरस्कार पाउनेछन् । स्थानीय लिगलिग बासीको लागि हुने १३.५ किमीको दौडमा पहिलो हुनेले २० हजार ५, दोस्रोले १२ हजार ५, तेस्रोले ७ हजार ५ र सान्त्वनाले ३ हजार ५ नगद पुरस्कार पाउनेछन् ।
विद्यालय छत्ररछात्राबीच हुने ३ किमीको दौडमा पहिलो हुनेले ५ हजार १ सय, दोस्रोले ३ हजार १ सय र तेस्रोले २ हजार १ सय पाउनेछन् । यस्तै खेलाडीको लागि ७ लाखको बिमा समेत गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि करव २८ लाख ५५ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ ।
बिसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो आठ वर्षयता हुँदै आएको छ ।
लिग लिगे दौडका अहिलेसम्मको विजेताहरु
भुमिराज राई (इलाम, २०६७)
हरि कुमार रिमाल (धादिङ, २०६८)
समिर तामाङ (रामेछाप, २०६९)
कृष्ण बहादुर बस्नेत (रामेछाप, २०७०)
अनिष थापामगर (पर्वत, २०७१)
हरि कुमार रिमाल (धादिङ, २०७२)
अनिष थापामगर (पर्वत, २०७३)
खगेन्द्र बहादुर भाट डोटी, २०७४)
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]