default_image

7 years ago

November 25, 2018

इक्वेस्ट्रियनको राष्ट्रिय च्याम्पियन्सिप हुने

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल इक्वेस्ट्रियन संघको अायोजना तथा राष्ट्रिय खेलकुद परिषद र नेपाल क्याभ्लरीको सहयोगमा पाचौं राष्ट्रिय इक्वेस्ट्रियन च्याम्पियनसिप हुने भएको छ ।

मंसिर १५ गते टुँडिखेलमा हुने च्याम्पियनसिपमा ५ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ । प्रतियोगितालाई वार्स्टाइनर बियरले मुख्य प्रायोजन गरेको छ । वार्स्टाइनरले मुख्य प्रायोजनस्वरुप संघलाई १२ लाख रुपैयाँ प्रदान गर्नेछ ।

प्रतियोगितामा हर्स टेन्ट पेगिङ, हर्स सो जम्प, हर्स हाई जम्प, ६ क्रसबार जम्प (महिला) र हर्स सो जम्प (महिला) विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सबै विधा गरेर करिब २५ खेलाडीको सहभागिता रहनेछ ।

संघका अध्यक्ष रवीराज कर्णीकारले इक्वेस्ट्रियन खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता अायोजना गर्न लागेको बताए । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने घोडचढीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने व्यवस्था गर्ने पनि उनले जानकारी दिए । संघले प्रतियोगिता अायोजना गरेपछि अन्तर्राष्ट्रिय इक्वेस्ट्रियन महासंघको मान्यता प्राप्त गर्ने विश्वास लिएको छ ।

प्रतियोगितालाई टर्किस एयरलाइन्स, द हिमालयन टाइम्स र र्याडिसन होटलको पनि साथ रहेको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.