default_image

7 years ago

November 25, 2018

नेपाल ६३ स्वर्ण सहित टिम च्याम्पियन

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १६ औं डब्लुकेआई अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ ।

आइतबर सम्पन्न प्रतियोगितामा नेपालले ६३ स्वर्ण हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । दोश्रो भएको भारतले १५ स्वर्ण हात पा¥यो । यस्तै बंगलादेशले ५ स्वर्ण सहित तेश्रो स्थान बनायो भने चौथो स्थानमा रहेको श्रीलङ्काले २ स्वर्ण प्राप्त गर्यो ।

अन्तर्राष्ट्रिय वादो महासंघ र अल नेपाल वादोकाई कराते संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बेष्ट फाईटरमा पुरुष तर्फ श्रीलङ्काका धनुष्का प्रदीप र महिला तर्फ नेपालकी दिब्या गौतम घोषित भए । यस्तै उदियमान खेलाडीमा पुरुष तर्फ बंगलादेशका मोहम्मद नुर हुसेन र महिला तर्फ भारतकी शान्ति सिकोम उत्कृष्ट भए ।

विजयी खेलाडी तथा टिमलाई पूर्व रक्षा मन्त्री तथा माननिय संघिय साँसद भिमशेन दास प्रधानले पुरस्कार वितरण गरेका थिए । च्याम्पियनसिपमा नेपालका २००, भारतका ४८, बंगलादेशका १७ र श्रीलङकाका ९ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.