7 years ago
November 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीहरुको संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले पुष दोस्रो सातामा एनएनआइपिए वर्षका उत्कृष्ट खेलाडी सम्मान आयोजना गर्ने गर्ने भएको छ ।

एनएनआइपिएले यसपटक पुष १३ गते आयोजना गर्ने सम्मानमा पुरुष र महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पनि सम्मान गर्ने बताएको छ । यसपटक २९ खेलका खेलाडीलाई वर्ष खेलाडी २०७४ बाट सम्मान गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । उत्कृष्ट मध्यबाट सर्वोत्कृष्ट एक महिला र पुरुषलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ ।
सम्मानित हुने हरेक खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष सम्म एनएनआइपिएले ३५ खेलका खेलाडीलाई सम्मान गरेको थियो । यसवर्ष राखेप च्याम्पियनसिपमा सहभागी २९ खेलका खेलाडीलाई सम्मान गरिनेछ ।
नेपालका लागि खेलकुदमार्फत पहिलो अन्तर्राष्ट्रिय सहभागिता जाउने धावक गजराज जोशीका नाममा रहेको गजराज जोशी आदर्श सम्मान यसपटक पनि समावेश छ । २५ हजार नगदसहितको उक्त सम्मान गजराज जोशी ट्रष्टले गर्दै आएको श्रेष्ठले जानकारी दिए । जोशीले भारतमा सन् १९५१ मा भएको एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । एनएनआइपिए पत्रकारिता पुरस्कारबाट यस वर्ष पनि एकजना खेलकुद पत्रकार सम्मान गर्ने भएको छ । अध्यक्ष श्रेष्ठले एकजनालाई १५ हजार रुपैयाँसहित सम्मान गरिने जानकारी दिए ।
एनएनआइपिएले यसपटकको कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरवार स्क्वायरमा आयोजना गर्ने बताएको छ । सम्मान कार्यक्रमको अायोजनाको सम्पुर्ण जिम्मेवारी महानगरपालिकाको वडा नम्बर १६ ले लिएको छ ।
यसपटक सम्मान कार्यक्रमको गुडविल एम्बेसडरका रुपमा गायक दीपक बज्राचार्य पनि रहेका छन् । कार्यक्रमलाई ललितपुर उधोग वाणिज्य संघले पनि सहयोग गर्नेछ ।
यसपटक एनएनआइपिए उत्कृष्ट खेलाडी २०७४ बाट सम्मानित हुने खेलहरु:
१. फुटबल २. ब्याडमिन्टन ३. कराते ४. तेक्वान्दो ५. उसु ६. बक्सिङ ७. एथलेटिक्स ८. भलिबल ९. भारोत्तोलन १०. पौडी ११. जुडो १२. आर्चरी १३. सुटिङ १४. कुस्ती १५. लन टेनिस, १६. सफ्ट टेनिस १७. टेबल टेनिस १८. कबड्डी १९. सेपाकताक्रो २०. बास्केटबल २१. ह्यान्डबल २२. हक्की २३. आइटिएफ तेक्वान्दो २४.साइक्लिङ २५.स्क्वास २६.ट्राएथलन २७. खोखो २८. गल्फ २९. फेन्सिङ
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]