7 years ago
November 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडीलाई खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ । भारोत्तोलनका कीर्तिमानी खेलाडी कमलबहादुर अधिकारी, तेक्वान्दो खेलाडी यानकुमारी चौलागाई, पूर्व राष्ट्रिय भलिबल खेलाडी निताकुमारी शाह, एथलेटिक्सका विश्वरुपमा बुढा र सोमबहादुर कुमाल तथा पारा तेक्वान्दोकी रन्जना धामीलाई खेलकुद प्रतिभा सम्मान प्रदान गरिएको हो ।
सोही अवसरमा एथलेटिक्स प्रशिक्षक हरि बहादुर रोकाया, रियो ओलम्पिकको ब्याडमिन्टनमा लाइन जज रहेका दिपक थापा, खेल चिकित्सक अजय समशेर जबरा र संघसस्थाबाट नेपाल बोसिया संघ पनि सम्मान गरिएको थियो । नेपाली खेलकुदमा योगदान पुराउनेलाई मन्त्रालयले हरेक वर्ष सम्मान गर्दै आएको छ । सम्मानित सबैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।
अघिल्लो वर्ष भव्य रुपमा आयोजित कार्यक्रम यसपटक मन्त्रालयमा आयोजना गरिएको थियो । युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशवकुमार विष्टले खेलाडीलाई सम्मान गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]