7 years ago
December 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शीर्ष वरीयताका रत्नजित तामाङ राजधानीमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बुधबार भएको खेलमा रत्नजित भारतका नभिदमाथि २–१ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।
रत्नजितले नभिदमाथि २२–२०, २१–१७ र २१–१६ को जित निकालेका हुन् । रत्नजितले त्यसअघि अफ्रिकी मुलुक मौरीटियसका तेजराज पुल्टोमाथि २–० जित निकालेका थिए । अर्का नेपाली बिकास श्रेष्ठ भियतनामका काओ कुवान फामसँग २१–१४ र २१–१५ को सोझो सेटमा पराजित भए । विजित थापामगर अष्ट्रेलियाका एन्थोनी जोएसँग २१–१६ र २१–१४ ले पराजित भए ।
अन्य नेपाली खेलाडी दीपेश धामी, नवीन श्रेष्ठ, प्रफुल महर्जन र प्रिन्स दाहाल भने दोस्रो चरणबाट बाहिरिएका छन् । महिला एकलमा नेपालकी नङ्सलदेवी तामाङ, अनुमाया राई, जेसिका गुरुङ र सीता राई प्रि–क्वाटरफाइनलमा रोकिए । नङ्सल इरानकी सोरायासँग २१–१४ र २१–१६ ले पराजित भइन् । अनु माया म्यानमारकी थित थुजारसँग २१–६ र २१–१० को सेटमा हारिन् ।
जेसिका भारतकी राशी त्यागीसँग २१–११ र २१–७ ले पराजित भइन् । सीतालाई थाइल्यान्डकी चननचिडाले २१–७ र २१–३ ले हराइन् । मिक्स डबल्समा दिपेश र शोभा गौचनको जोडी, विजित थापामगर र पुजा श्रेष्ठको जोडी तथा बिकास श्रेष्ठ र सीता राईको जोडीले क्वाटरफाइनलमा स्थान बनाउँदा दिदीभाई रत्नजित र नङ्सलदेवीको जोडी पराजित भयो ।
दिपेश र शोभाको जोडीले बंगलादेशका सलमान कहान र एलना सुल्तानाको जोडीमाथि २१–१७ र २१–१७ को जित निकाल्यो । विजित र पुजाको जोडीले जर्मनी र फ्रान्सका फिलिप डेसचर र ससिना वारनको जोडीमाथि १८–२१, २१–१५ र २१–१३ को जित निकाल्यो । यस्तै बिकास र सीताको जोडीले माल्दिभ्सका मोहम्मद र अब्दु रज्जाकको जोडीलाई २३–२१ र २१–१९ ले पराजित ग¥यो ।
रत्नजित र नङ्सलको जोडी थाइल्यान्डका पन्चाई र पिचायानिनसको जोडीसँग २१–१३ र २१–१३ ले पराजित भयो । पुरुष डबल्समा रत्नजित र दिपेशको जोडीले भारतका भाजित अली र आयुसको जोडमिाथि २१–१० २१–११ को सहज जित निकाल्यो । दीपक बोहोरा र विष्णु कटवालको जोडी भारतकै भेम्वारासन र लोकेश विश्वनाथको जोडीसँग २१–१२ र २१–१२ को सोझो सेटमा पराजित भयो ।
महिला डब्लसमा रशिला महर्जन र अमिता गिरीको जोडीले भुटानकी थिन्ले डेमा र फुन्सो छोडेनको जोडीमाथि २१–८ र २१–१६ को जित निकाल्यो । महिला डबल्समै नेपाली शोभा गौचन र पुनम गुरुङकी जोडी भुटानकी थिलिनी प्रमोदिका र काभिदी सिरीमननागेको जोडीसँग २१–६ र २१–८ ले पराजित भयो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]