default_image

7 years ago

December 6, 2018

सेन्ट जेभियर्स र लिटिल एन्जल्स क्वार्टरफाइनलमा

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– लिटिल एन्जल्स स्कुल हात्तिवन र आयोजक सेन्ट जेभियर्स गोदावरी २३ औं फादर मोरन स्मृति आमन्त्रण फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । लिटिए एन्जल्स र सेन्ट जेभियर्स बिहीबारको खेल जित्दै आ आफ्नो समूहको विजेता बने ।

लिटिल एन्जल्सले नेपाल डनबस्को स्कुल लुभुलाई २–१ ले हरायो । विजयी टोलीका लागि सुरज तामाङ र सोनाम लामाले गोल गरे । विजयी टोलीका सुरज म्यान अफ दी म्याच चुनिए । लिटिल एन्जल्स समूह ‘ए’ को विजेताका रुपमा अघि बढेको हो ।

आयोजक सेन्ट जेभियर्स स्कुलले इडन गार्डेन स्कुललाई ३–० ले हरायो । शुभय महर्जन, सिजन विक र सौगात शाहीले समान १ गोल गरे । सेन्ट जेभियर्सका सामुयल परियार म्यान अफ दी म्याच भए । सेन्ट जेभियर्स समूह बीको विजेताका रुपमा अन्तिम आठमा पुगेको हो ।

गोदावरीस्थित आयोजक स्कुलको मैदानमा भएको अर्को खेलमा सुविन कार्कीको ह्याट्रिकमा टौखेलेको पुष्पाञ्जली माविले ब्राइट फ्युचर स्कुल सातदोबाटोलाई ३–० ले हराएको थियो । ह्याट्रिक गर्ने सुविननै खेलको म्यान अफ दी म्याच चुनिए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.