7 years ago
December 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बिहिबार भएको खेलमा नेपाली खेलाडी पुरुष एकल, मिक्स डबल्स, पुरुष डबल्स र महिला डबल्समा पराजित भएसँगै सिरिजमा नेपालको चुनौती समाप्त भएको हो ।
पुरुष एकलको क्वाटरफाइनलमा नेपालका शीर्ष वरीयताका रत्नजित तामाङ भारतका कौशल धर्ममेरसँग २–१ को सेटमा पराजित भए । पहिलो सेटमा २१–१४ को हार बेहोरेको रत्नजितले प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा २४–२२ को जित निकाल्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । तर, सेटमा रत्नजित भारतीय खेलाडीसामु निरिह हुदा २१–११ ले नतिजा सुम्पिए ।
पुरुष डबल्समा रत्नजित र दिपेश धामीको जोडी थाइल्यान्डका वारित सारापत र पनाचाई वारासक्तयाननको जोडी सँग २–१ को सेटमा पराजित भयो । पहिलो सेटमा नेपाली जोडी २१–१९ ले पछि परेपनि दोस्रो सेटमा २१–१६ को जित निकालेको थियो । तर, निर्णायक सेटमा रत्नजित र दिपेशको जोडी २१–१४ ले पराजित भयो ।
मिक्स डबल्समा दिपेश र शोभा गौचनको जोडी सिंगापुरका ड्यानी बावाक्रिसनान्ता र तान वेइ हानको जोडीसँग २१–११ र २१–१० को सोझो सेटमा पराजित भयो ।
विजित थापामगर र पुजा श्रेष्ठको जोडी थाइल्यान्डका पनाचाई वारासक्तयानन र पिचायानिन वोङ्चाको जोडीसँग २४–२२ र २१–१४ ले पराजित भयो । विकास श्रेष्ठ र सीता राईको जोडी भारतका राजु रेहन र एनिज कोसारको जोडीसँग २१–१६ र २१–८ को सहज सेटमा पराजित भयो ।
महिला डबल्समा जेसिका गुरुङ र सुनैना मुखियाको जोडी माल्दिभ्सकी अमिनाथ नाहिवा अब्दुल र फाथिमाथ नावाहा अब्दुलकी जोडीसँग २१–१२ र २१–११ ले पराजित भयो । अमिता गिरी रसिला महर्जनको जोडीले म्यानमारका खेलाडीलाई वाक ओभर दियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]