default_image

7 years ago

December 7, 2018

गणेशमान सिंह राष्ट्रिय बक्सिङ माघमा

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि राजधानीमा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता माघ २२ गते देखि २६ गते सम्म बसन्तपुर डबलीमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभाग (नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब र एपिएफ) गरि १० टोलीको सहभागिता रहनेछ । पाँच दिने चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।

एउटा टोलीमा बढीमा ८ पुरुष र ६ महिला गरि १४ खेलाडीले मौका पाउनेछन् । यसरी बढीमा १ स्य ४० खेलाडीले प्रतियोगितामा भाग लिनेछन् । नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार गणेशमानका नाममा यसअघि दुई संस्करण योङ स्टार क्लबले खुला बक्सिङ प्रतियोगिता आयोजना गरेको थियो ।

प्रत्यक तौल समूहको विजेताले २५ हजार, उपविजेता १५ हजार तथा सेमीफाइनलमा पुग्नेले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताकै उत्कृष्ट पुरुष र महिला खेलाडीले क्रमश: मोटरसाइकल र स्कुटर पाउनेछन् । नेपालमा आयोजित बक्सिङ प्रतियोगितामा यो नै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

यसपटक भने प्रदेश छनोटबाट खेलाडी छनोट गरिनेछ । प्रदेश छनोट मंसिर २८ गतेबाट सुरु हुनेछ । ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि राखेपले ५० लाख रुपैयाँ उपलब्ध गराउने र नपुग रकम प्रायोजनबाट संकलन गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा समावेश तौल समूह

पुरुषतर्फ : ४६–४९ केजी, ५२,५६,६०,६४,६९,७५ र ८१ केजी

महिलातर्फ : ४५–४८ केजी, ५१, ५४, ५७, ६० र ६४ केजी

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.