7 years ago
December 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ, प्रोफेसनल लिगको सक्रियतामा आइएफबीबी लिगको नेपाल च्याप्टरले नेपालमा सन् २०१९ को फेब्रुअरीमा आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपको प्रो छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शारीरिक सुगठनका पूर्व स्टार, हलिउड अभिनेता तथा अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्व गर्भनर आर्नोल्ड स्वेज्नेगर आवद्ध रहेको अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ, प्रोफेसनल लिग) को सक्रियतामा आइएफबीबी लिगको नेपाल च्याप्टर आइएफबीबीले सन् २०१९ को फेब्रुअरी १५–१६ मा अन्तर्राष्ट्रिय बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ प्रो. छनोट प्रतियोगिता हुन लागेको हो ।
शारीरिक सुगठनको ‘विश्वकप’ मानिने ‘मिस्टर ओलम्पिया’ अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ, प्रोफेसनल लिगले मात्र आयोजना गर्दछ । ‘मिस्टर ओलम्पिया’ मा भाग लिन ‘प्रो कार्ड’ आवश्यक पर्ने गर्दछ । नेपाल यसअघि यो संस्थामा आवद्ध थिएन । त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’ मा भाग लिने अवसरबाट बञ्चित थिए । यो छनोट प्रतियोगिता नेपालमा हन भएसँगै नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको छ ।
नेपालले यो प्रतियोगिताका लागि ‘४ वटा ‘प्रो कार्ड’ लिइसकेको छ । नेपालले ‘मेन्स फिजिक्स’, ‘क्लासिक फिजिक्स’, ‘मेन्स बडिबिल्डिङ’ र ‘ओमन्स फिटनेश’ तर्फको ‘प्रो कार्ड’ छ । विश्वभरीका खेलाडीहरू यी ४ वटा ‘प्रो कार्ड’ जितेर अमेरिकाको लस भेगासमा हरेक वर्ष आयोजना हुने ‘मिस्टर ओलम्पिया’ मा सहभागिताका लागि जाने गर्दछन् ।
प्रतियोगिता आयोजनाका लागि विश्व बडिबिल्डिङका अर्का हस्ती बब चिकोरिलो नेपाल आउने पक्का भएको आयोजकले जनाएको छ । उनले ‘मिस्टर ओलम्पिया’ सञ्चालन गर्ने गर्छन ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा २० भन्दा बढी राष्ट्रका करिव २ सय खेलाडीले भाग लिने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित बजेट १ करोड ६८ लाख ४२ हजार रहेको आयोजकले जनाएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]