7 years ago
December 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मोर्डन इन्डियन स्कुल (एमआईएस) २३औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबलमा प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गोदावरीस्थित सेन्ट जेभियरको खेल मैदानमा शनिबार भएको खेलमा एमआईएसले गोदावरी रेसिडेन्सियललाई ४–० ले पराजित गर्दै अन्तिम आठमा पुग्यो । एमआइएसका सबल महर्जनले २ तथा बेदराज ढुंगाना र जेनिश दवाडीले समान १ गोल गरे ।
मोरान मेमोरियल स्कुल, झापाले पुष्पाञ्जलीलाई ३–० गोलले हराउदै समूह ‘डि’ को विजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्यो । मोरानका लागि युवराज राजवंशीले २ तथा अमन महतोले १ गोल गरे । पुष्पाञ्जली पनि सोही समूहबाट उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्न सफल भयो ।
अर्कोे लिग खेलमा डिएभीले चाँदबागलाई २–० गोलले हरायो । सिद्धार्थ श्रेष्ठ र आरुष पौडेलले १–१ गोल गरे । दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]