7 years ago
December 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डका कुनलाभत भिटिडसर्न र चनानचिडा जुचारोयन योनेक्स सनराइज नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेका छन् । कुनलाभत पुरुष एकलमा र चनानचिडा महिला एकलमा च्याम्पियन बनेकी हुन् ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा शनिबार भएको पुरुष एकलको फाइनलमा कुनलाभतले मलेसियाका टिक झि सुलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा कुनलाभत २०–२२ ले पछि परेका थिए ।
तर, त्यसपछिको दुवै सेटमा कुनलाभतले उत्कृष्ट पुनरागमन गर्दै जित निकाले । दोस्रो सेटमा कुनलाभतले २२–२० को संघर्षपूर्ण जित निकाल्दा तेस्रो सेटमा २१–९ को सहज जित निकाल्न सफल भए ।
महिला एकलमा थाइल्यान्डकी चनानचिडा जुचारोयनले म्यानमारकी थित तार थुजारलाई २–१ को सेटमा पराजित गर्दै च्यामिपयन बनिन् । पहिलो सेटमा २१–१८ को जित निकालेकी चिनानचिडाले दोस्रो सेट भने १०–२१ ले गुमाएकी थिइन् । तर, निर्णायक सेटमा चिनानचिडाले २१–१७ को जित निकालिन् ।
पुरुष डबल्समा थाइल्यान्डका सुपाक जोमको र वाचिरवित सोतहोनको जोडी आफ्नै देशका ऋत सारापाट र पनाचाई वरसाकतायानको जोडीलाई २१–११ र २१–१५ ले पराजित गर्दै च्याम्पियन बन्यो । महिला डबल्समा भारतकी अर्पना बलान र श्रुतिकी जोडीले श्रीलंकाकी थिलिनी प्रमोदिका र कभिदि श्रीमाननागेकी जोडीमाथि २१–१६ र २१–१३ को जित निकाल्दै च्यामिपयन बन्यो ।
मक्स डबल्समा थाइल्यान्डका सुपाक जोमको र सुपिससाराको जोडीले आफ्नै देशकी पनाचाई वरसाकतायान र पिचायानिनको जोडीलाई १९–२१, २१–१५ र २१–१४ ले पराजित गर्दै च्याम्पियन बन्यो । नेपाल ब्याडमिन्टन संघको आयोजनामा गत मंगलबारबाट शुरु भएको प्रतियोगितामा नेपालसहित २० देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]