7 years ago
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले डा.अम्वेडकर अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य अकादमीले मन्त्री विश्वकर्मालाई भारतको राजधानी नयाँ दिल्लिमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो ।
पुरस्कार दलित आन्दोलनका विश्वनेता तथा भारतीय संविधानका निर्माता बाबा साहेव डा. भीमराव अम्वेडकरको नाममा स्थापना गरिएको हो । दलित आन्दोलन, कला, साहित्य, अध्ययन, अनुसन्धानको क्षेत्रमा विशिष्ठ योगदान गर्ने व्यक्तिलाई अकादमीले प्रत्येक वर्ष पुरस्कृत गर्ने गरेको छ ।
पुरस्कार ग्रहण पश्चात समारोहलाई सम्वोधन गदै मन्त्री विश्वकर्माले यो सम्मान, जातीय विभेद र छुवाछुत विरुद्धको, सामाजिक न्याय, समानता र मानव मर्यादाको आन्दोलन, नेपाली दलित मुक्ति आन्दोलनकै सम्मानका भएको बताएको मन्त्रीका स्वकिय सचिव सशील विकेले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
अकादमीले ३४ औं सम्मेलनका क्रममा दलित आन्दोलनमा योगदानमा पुरयाएका दक्षिण एशियाका दलित आन्दोलनकर्मीलाई विभिन्न विधाका अवार्ड वितरण गरेको थियो । नेपालका अन्य अभियन्ताहरु साजीदा खातुन सिद्दिकिले डा. अम्वेडकर कलाश्री राष्ट्रिय अवार्ड, महेन्द्र केसीले सेवाश्री, पशुपति सापकोटाले एक्सीलेन्सी सेवा, डा. सूर्यवहादुर खड्काले विशिष्ठसेवा राष्ट्रिय अवार्डहरु पुरस्कृत भएका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]