7 years ago
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा हुने ‘योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८’ मा भाग लिन नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतत्वमा ४ जना त्यसतर्फ गएका हुन् ।
टोलीमा खेलाडी नङ्सलदेवी तामाङ, रत्नजित तामाङ र दीपेश धामी रहेका छन् । अध्ययनका लागि भारतमा रहेकी अमिता गिरी त्यहिबाट बंगलादेश जाने संघले जनाएको छ ।
मंसिर २५ देखि पुस १ गते सम्म संचालन हुने बंगलादेश च्यालेन्जमा नेपाली टोलीले पुरुष र महिला एकल, युगल तथा मिश्रित युगलमा प्रतिस्पर्धा गर्ने टिम ब्यवस्थापक समेत रहेका सुभाष श्रेष्ठले जानकारी गराए ।
तीन अम्पायर पनि बंगलालेशतर्फ
यस्तै बंगालादेश ब्याडमिन्टन संघको निमन्त्रणमा निर्णायकको भूमिका निर्वाह गर्न तीन अन्तराष्ट्रिय अम्पायरहरु उदय अर्याल, दीपक थापा र सुमित शाक्य पनि त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरुले योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज तथा पुस ३ देखि ८ गते सम्म संचालन हुने ‘योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय जुनियर सिरिज २०१८’ मा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
थापा ब्याडमिन्टन एशियाका सर्टिफिेकेटेड अम्पायर हुन् । अर्याल र शाक्य एग्रिगेटेटेड अम्पायर हुन् । थापा र अर्यालले मुलुक बाहिर थुप्रै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । शाक्यले भने ब्याडमिन्टन एशियाको मान्यता प्राप्त गरे पश्चात पहिलोपटक मूलुक बाहिरको प्रतियोगितामा अन्तराष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्दैछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]