7 years ago
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक सेन्ट जेभियर स्कुल गोदावरी र झापाको मोरान मेमोरियल स्कुल २३ औं फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गोदावरीस्थित आयोजकको मैदानमा सोमबार भएको पहिलो क्वार्टरफाइनलमा आयोजक टोलीले पुष्पाञ्जली स्कुल टौखेललाई ७–० ले हरायो । सेन्ट जेभियरको जितमा सिजन विकले ह्याट्रिकसहित ४ गोल गरे । अभिषेक ल्हो, सौगात शाही र सुहान महर्जनले समान १ गोल गरे । सिजन खेलको म्यान अफ दि म्याच घोषित भए ।
सोमबारै भएको दोस्रो क्वार्र्टरफाइनलमा झापा महेशपुरको मोरान मेमोरियलले युवराज राजवंशीको दोहोरो ह्याट्रिकको मद्दतमा इडेन गार्डेन स्कुल बागडोललाई ७–१ ले पराजित गर्यो । मोरानले एक गोल उपहार पाएको थियो । ६ गोल गरेका मोरानका युवराज खेलको म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा मंगलबार अन्तिम दुई क्वार्टरफाइनलका खेल हुने आयोजकले जनाएको छ । मंगलबार लिटिल एन्जल्स स्कुल हात्तीवन र क्रेसेन्ट स्कुल तथा मोर्डन इन्डियन स्कुल चोभार र सेन्ट जेभियर स्कुल झापाबीच प्रतिस्पर्धा हुनेछ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]