7 years ago
December 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)– रत्नजित तामाङ र दीपेश धामीको जोडी योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्जको पुरुष युगलतर्फ अन्तिम आठको यात्रा तय गर्न सफल भएको छ ।
रत्नजित र दीपेशको जोडीले आयोजक बंगलादेशका पारश मोहम्मद आहसुन हबिब र गौरव सिंहको जोडीलाई २२–२० र २१–१८ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।
आजै भएको मिश्रित जोडीतर्फ दीपेश र अमिता गिरीको जोडी पनि अन्तिम आठमा स्थान बनाउन सफल भएको टोली ब्यवस्थापक सुभाष श्रेष्ठले बंगलादेशबाट जानकारी गराए । दीपेश र अमिताको जोडीले बंगलादेशकै अल अमिन जुमा र ब्रिष्टी खातुनको जोडीलाई २१–१४ र २१–१८ ले हराएको थियो ।
पुरुष एकलमा भने पहिलो चरणमा जित निकालेका रत्नजित दोश्रो चरणमा मलेसियाका जुल्हेल्मी जुल्किफ्ली संग २१–१२ र २१–१२ को सोझो सेटमा पराजित भए ।
महिला युगलमा नङ्सलदेवी तामाङ र अमिता गिरीको जोडी मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]