7 years ago
December 13, 2018
काठमाडौं(हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्जमा नेपाली ब्याडमिन्टन खेलाडीको चुनौती समाप्त भएको छ । पुरुष डबल्समा नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी भारतका मोहनराज इलुमलाईसंग २१–२३ र ११–२१ ले पराजित भयो ।
महिला डबल्समा नेपालका नङ्सलदेवी तामाङ र अमिता गिरीको जोडी बंगलादेशका अख्तर साप्ला र एलिना सुल्तानासंग ८–२१ र १४–२१ ले पराजित भयो । त्यस्तै मिक्स डबल्समा नेपालका दीपेश र अमिताको जोडी मलेसियाका हु पाङ रोन र छे यि सीसंग ८–२१ र ९–२१ ले चुक्यो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]