7 years ago
December 20, 2018
ललितपुर (हाम्रो खेलकुद)– एपिएफका शुभन नेपाली, त्रिभुवन आर्मी क्लब कान्तिा लामा ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताअन्तर्गत पुरुष ५५ केजीको क्वार्टरफाइनलमा पुगेका छन् ।
ललितपुरको चापागाउँमा बिहीबार सुरु भएको प्रतियोगिताको सतुंगलका मनोज सुनुवार, काभ्रेका सुवास लिम्बू, एपिएफका तीर्थराज थापा, सितोरियोका जेनिश राई, आयोजकका कपिल रोक्का र आर्मीका महेश भुजेल विजयी हुँदै अन्तिम आठमा पुगेका छन् ।
महिला ५० केजीमा आर्मीकी एलिसा चाँद र कोपिला लिम्बूले क्वाटरफाइनल यात्रा तय गरे । प्रतियोगिताको पुरुषमा १० तथा महिलामा २ गरी १२ स्पर्धामा १ सय ४८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जनाएका छन् ।
प्रत्येक तौल समूहमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । टिम च्याम्पियन ५० हजार दोस्रोले २५ हजार र तेस्रो हुने टोली १२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई समान १५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता शनिबार सकिनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]