7 years ago
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी लुमन्ती श्रेष्ठ र क्योकुसिनकी शिवानी श्रेष्ठ दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
उनीहरुले महिला ६० केजी तौल समूहमा आ–आफ्नो प्रतिद्धन्द्धीलाई शुक्रबार पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । ललितपुरको चापागाउँमा भइरहेको प्रतियोगितामा लुमन्तीले आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघकी कल्पना घर्ती तथा शिवानीले एपीएफकी पूजा लामालाई सेमिफाइनलमा पराजित गरे ।
महिला खुलामा आर्मीकी मन्जु विकले भाटभटेनीकी जेदिशा सिजापति तथा आर्मीकी विन्दु पुन मगरले आयोजककी मनीषा लामालाई हराउदै फाइनलमा पुगे ।
महिला ५५ केजीमा एपीएफकी अन्जली श्रेष्ठले नरहरिपुरकी राधा मानन्धर तथा आयोजककी समिता राईले आयोजककै रोशना राईलाई पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले आर्मीका शिवजी सिलवाल तथा एपीएफका वीरेन्द्रसिंह खत्रीले आईकेकेएफका प्रवीण मेचेलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
पुरुष खुलामा आयोजकका विनय घिमिरे, आर्मीका किरणसिंह साउद र चित्रसिंह ठकुरी तथा क्योकुसिन काइका दिपेश र्सूयंवंशी सेमिफाइनलमा पुगे । पुरुष ६० केजीमा आयोजकका राजन पाइजा, शंखमूलका योगेश थिङ, आर्मीका राजेश चौधरी र आयोजकका प्रकाश विष्ट सेमिफाइनलमा प्रवेश गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]