default_image

7 years ago

December 22, 2018

गणेशमान स्मृति किक बक्सिङमा आर्मी टिम च्याम्पियन

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । शनिबार सकिएको प्रतियोगितामा आर्मीले ५ स्वर्ण, ४ रजत र २ कांस्य पदक जितेको छ ।

ललितपुर जिल्ला किक बक्सिङ संघले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ३ कांस्य पदक जितेको एपिएफ दोस्रो भएको छ । ललितपुरको चापागाँउमा भएको प्रतियोगितामा सो क्योकुसिनले १ स्वर्ण, २ रजत र १ कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गर्यो ।

१० स्पर्धा समावेश प्रतियोगितामा बाँकी १ स्वर्ण शंखमूलले जितेको छ । टिम च्याम्प्यिन आर्मीले ५० हजार, एपिएफले २५ हजार र सो क्योकुसिनले १२ हजार ५ सय रुपैयाँ पायो ।

एपीएफका सञ्जय राई तथा आर्मीकी लुमन्ती श्रेष्ठ प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए । एपिएफका सन्जिव महर्जन उदीयमान खेलाडी घोषित भए । उत्कष्ट र उदीयमानले मसान १५ हजार रुपैयाँ प्राप्त गरे । टीकाथली अनुशासित टोली बन्यो ।

प्रतियोगिता पुरुष ५० केजीमा एपीएफका सञ्जय राई पहिलो भए । उनले फाइनलमा एनबीसीका यानुब थुलुङ राईलाई हराए । एपिएफका सुमन नेपालीले ५५ केजीमा स्वर्ण जिते । सुमनले फाइनलमा आर्मीका महेश भुजेललाई हराए ।

६० केजीको फाइनलमा शंखमूलका योमेश तामाङले आर्मीका राजेश चौधरीलाई हराउँदै स्वर्ण पदक जिते । ६५ केजीमा आर्मीका पदम राईले एपिएफका सञ्जय महजनलाई तथा ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले एपीएफका वीरेन्द्र सिंहलाई हराउँदै पहिलो स्थान हासिल गरे । खुलामा आर्मीका चित्रसिंह ठकुरीले स्वर्ण जित्दा फाइनलमा आफ्नै क्लबका किरणसिंह साउदलाई हराए ।

महिलाको ५० केजीमा आर्मीकी एलिना चौधरीले एपीएफकी एलिशा चौधरीलाई हराउँदै स्वर्ण पदक जितिन् । ५५ केजीमा एपीएफकी एन्जिला श्रेष्ठ विजयी भइन् । उनले आयोजककी समिता राई हराइन् । ६० केजीमा आर्मीकी लुमन्ती श्रेष्ठले स्वर्ण जित्दा फाइनलमा सो क्योकुसिनकी शिवानी श्रेष्ठ पराजित भइन् ।

खुलामा आर्मीकी विन्दु पुन मगर च्याम्पियन बनिन् । उनले फाइनलमा आफ्नै क्लबकी मन्जु विकलाई हराइन् । प्रत्येक तौलसमूहका विजेताले २०, दोस्राले १० हजार तथा संयुक्त रुपमा तेस्रो हुने दुई जनाले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनलगायतले विजेता खेलाडीलाई पुस्कृत गरे ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.