7 years ago
January 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडीको उपाधि जितेको छ ।

रत्नजित र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापामगरको जोडीलाई २१–१८ र २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजयी जोडीले १ लाख, दोस्रो टोलीले ५० हजार र तेस्रो भएका टोलीले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मिक्स युगल, पुरुष एकल र मास्टर्स जोडी तर्फको प्रतियोगिता मंगलबार नै सम्पन्न भइसकेका छन् । बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, सुन्दर हरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष भोलेश्वर दुलाल लगायतले पुरस्कार वितरण गरे ।
यसैबीच, सुन्दर हरैंचा ८ सलकपुरमा १० कठ्ठा जमिनमा निर्माण गरिएको कभर्डहलको परिषद्का सदस्य सचिव विष्टले उद्घाटन गरे । करिब २ करोड ५० लाखको लागतमा बनाईएको ब्याडमिन्टन हलमा दुई ब्याडमिन्टन कोर्टका साथै स्टेज निर्माण गरिएको छ ।
कभर्डहलको उद्घाटन गदै बिष्टले सरकारले एक निर्वाचन क्षेत्रका एक खेल ग्राम निर्माण गर्ने नीति रहेको भन्दै हल निर्माण मात्र ठुलो कुरा नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरेमा मात्र त्यसको सार्थकता रहने बताए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]