7 years ago
January 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले जापानको टोकियोमा सन् २०२० मा हुने ओलम्पिक खेलकुदका लागि ३ पुरुष र २ महिला खेलाडीको प्रारम्भिक छनोट गरेको छ ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीको प्रारम्भिक छनोट गरिएको तेक्वान्दो संघका प्रवक्ता दिपक विष्टले जनाएका छन् । छनोटमा नेपाल प्रहरी क्लबका खेलाडीको वर्चस्व रह्यो । ५ मध्ये प्रहरीका ४ खेलाडी प्रारम्भिक छनोटमा परे । बाँकी १ खेलाडी त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।
पुरुष ५८ केजीमुनि पुलिसका मनोज मल्ल पहिलो भए । फाइनलमा उनले आर्मीका सागर गुभाजुलाई २३–१६ ले पराजित गरे । ६८ केजीमुनि पुलिसका वीरबहादुर महरा पहिलो भए । उनले फाइनलमा एपीएफ क्लबका उमेश राजभण्डारीलाई ३३–१२ ले हराए ।
८० केजीमुनि फाइनलमा प्रहरीका निश्चलमान श्रेष्ठले आर्मीका रामहरि महतको चुनौती १४–१० ले समाप्त पारे । महिला ४९ केजीमुनि आर्मीकी युनिशा राई पहिलो भइन् । युनिशाले फाइनलमा एपीएफकी अस्मिता खड्कालाई २८–२० ले निराश पारिन् ।
५७ केजीमुनि प्रहरीकी निमा गुरुङले आर्मीकी रेश्मा थापामाथि २०–८ को जित निकाल्दै पहिलो भइन् । एकदिने छनोटअन्तर्गत पुरुषमा ३ स्पर्धामा ३५ तथा महिलामा २ स्पर्धामा १३ खेलाडीले प्रतिस्पर्धा गरेको तेक्वान्दो मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]