7 years ago
January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको आयोजनामा दोस्रो प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता आइतबार सुरु भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा विद्यालय र डोजाङ गरि २८ टोलीका २ सय १ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा जुनियर र सिनियर गरी जम्मा १३ वटा तौल समुहमा फाईटिङ तथा एकल र ग्रुप पुम्सेमा प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितामा १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । पदकका आधारमा टिम च्याम्पियन घोषित गरिनेछ ।

सिनियर र जुनियरबाट एक एक खेलाडीलाई उत्कृष्ट खेलाडी घोषित गरिनेछ । नेपाल तेक्वान्दो संघको प्राविधक सहयोग रहेको प्रतियोगिताको उद्घाटन सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाले गरेकी थिइन् ।

December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]