default_image

7 years ago

February 4, 2019

स्वेच्छाले नेपाल च्याम्पियन नवितासँग खेल्ने

174 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी स्वेच्छा नेम्वाङले दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिलातर्फको सेमिफाइनलमा नेपाल च्याम्पियन तथा नेपाल पुलिस क्लबकी नविता श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अर्काे सेमिफाइनलमा दीक्षा तामाङले रविना महर्जन विरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् । नविता नेपाल प्रहरीकी हुन् भने बाँकी तीनै नेपाल आर्मीमा आबद्ध छन् । प्रतियोगिताअन्तर्गत स्कुलतर्फ यु–१२ ब्वाइज सिंगल्स फाइनलमा पुष्पसदनका सिद्धार्थ तामाङले जनकनाथका दिपेश गुरुङलाई ११–६, ११–७ र ११–५ को सोझो सेटमा पराजित गरे ।

यु–१६ ब्वाइज सिंगल्समा होराइजनका प्रवेश बस्नेत पहिलो भए । उनले फाइनलमा आदर्श विद्या मन्दिर (एभीएम) का विशाल गोलेलाई ११–५, १२–१० र १३–११ ले हराए । कलेजतर्फ सिंगल्स स्पर्धाको पुरुषमा सोफ्ट वारिकाका स्यान्टु श्रेष्ठ तथा महिलामा लिभरपुलकी सिक्का सुवाल पहिलो बने ।

स्यान्टुले टाइम्सका कृष्ण थापा मगरलाई ११–१, ११–५ र ११–६ तथा सिक्काले एम्सकी दीक्षा दाहाललाई ९–११, ११–६, ११–३ र ११–८ ले उपाधि भिडन्तमा पाखा लगाए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.