7 years ago
February 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एपिएफकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट मनोरञ्जनरमण शर्मा वर्षका उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् ।

नेपाल भलिबल संघका अध्यक्ष शर्माको नाममा रहेको ट्रष्टले सरस्व्ती र धनबहादुरलाई समान ३० हजार रुपैयाँका साथ शुक्रबार सम्मान गरेको । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना भलिबल संघका अध्यक्ष शर्मा, उपाध्यक्ष रञ्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्दले उनीहरुलाई सम्मान गरेका थिए ।

सरस्वती सम्मान कार्यक्रममा उपस्थित भएकी थिइन् । धनबहादुरका सम्मान भने आर्मीका अर्का खेलाडीले लिएका थिए । केहि साता अघि एनभिए अवार्डमा उत्कृष्ट घोषित सरस्वती र धनबहादुरलाई नै यसपटकको अवार्ड प्रदान गरिएको हो ।
भलिबल राष्ट्रिय खेल घोषणा भएपछि संघका अध्यक्ष शर्माले १० लाख रुपैयाँ अक्षयकोष स्थापना गर्दै खेलाडी सम्मानको घोषणा गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]