7 years ago
March 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल शारिरीक सुगठन तथा फिटनेश संघको आयोजनामा नेपालमा १२औं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिता आउदो असारमा आयोजना हुने भएको छ ।

आयोजकले राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले तेश्रोपटक नेपालले आयोजना गर्न लागेको दक्षिण एशियाली शारिरीक सुगठनको १२औं संस्करण असार ६ र ७ गते प्रज्ञा भवन, कमलादी, काठमाडौमा आयोजना गर्न लागिएको जानकारी गरायो ।
विश्व शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव एवं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका अध्यक्ष दातुक पाउल चुआ र एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव चेतन पाथरेको समेत उपस्थितीमा भएको पत्रकार सम्मेलनमा दक्षिण एशियाली प्रतियोगितामा शारिरीक सुगठन विधा अन्तरगतका ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथी प्रतिस्पर्धा हुने जानकारी गराईयो ।
संघले प्रथम पटक शारिरीक सुगठन विधाको पुरुष फिटनेश फिजिक्समा १७० सि.एम सम्म र १७० सि.एम.माथी उचाई तथा महिला तर्फ १६५ सिएम र १६५ सिएम भन्दा माथीको उचाई समूह गरि कुल १३ विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल सहित भारत, बंगलादेश, भुटान, मालदिप्स, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका करिव १५० खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले उक्त प्रतियोगिताको लागि २० र २१ गते काठमाण्डौमा आयोजना हुने सातौं मि. हिमालय प्रतियोगिताका विजेता खेलाडीहरुलाई समावेश गराउने सम्मेलनमा संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले जानकारी गराए ।
सोही पत्रकार सम्मेलनका अवसरमा बिश्व शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव एवं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका अध्यक्ष दातुक पाउल चुआ र एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव चेतन पाथरेले बा¥हौं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिताको ब्यानर अनावरण गरेका थिए ।
प्रतियोगिताको कुल बजेट ४० लाख रहेको समेत पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]