default_image

7 years ago

March 29, 2019

नेपाली पारा तेक्वान्दो खेलाडीलाई जापानी सहयोग

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानको मिकी सिटी महानगरपालिकाले नेपालको पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षणमा सहयोग गर्ने भएको छ । अर्को वर्ष (सन् २०२०) जापानमा आयोजना हुन लागेको टोकियो ओलम्पिकलाई मध्यनगर गर्दै महानगरपालिकाले पारा तेक्वान्दो खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाएको हो ।

एक हप्ते विशेष प्रशिक्षणमा खेलाडीहरु पलेसा गोवद्र्धन, विक्रम श्रेष्ठ, रोहित राई, सुवासचन्द्र राई र दीपेश महत तथा प्रशिक्षक कविराज नेगी लामा सहभागी हुने छन् । खेलाडी प्रशिक्षण गराउने सम्बन्धमा जापानको एनपीओ लालीगुराँस क्लबकी अध्यक्ष एकेमी मिजुबा र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले शुक्रबार हस्ताक्षर गरे । नेपाली पारा टोलीले आगामी अगष्ट पहिलो साता जापानको भ्रमण गर्नेछ ।

सम्झौतापछि एनपीओ लालीगुराँस क्लबकी अध्यक्ष मिजुबाले जापानमा हुने प्रशिक्षण नेपाली पारा खेलाडीका लागि लाभदायक हुने विश्वास व्यक्ति गरिन् । संघका अध्यक्ष राणाले जापानमा हुने प्रशिक्षण ओलम्पिकका लागि उपलब्धिमुलक हुने विश्वास व्यक्त गरे ।

लालीगुराँस नेपालका अध्यक्ष रोशन श्रेष्ठको विशेष पहलमा जापानले पारा खेलाडीलाई प्रशिक्षण दिन लागेको हो । जापान जाने खेलाडी तथा प्रशिक्षकको सम्पूर्ण खर्च मिकी सिटी महानगरपालिकाले बेहोर्ने छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.