7 years ago
April 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताले दि रिगल इंकको साथ पाएको छ ।

बुधवार द रिगल इंकका निर्देशक आशुतोष अग्रवाल र प्रतिष्ठानकी उपाध्यक्ष सिता खड्काबीच सम्झौता भएको छ । सम्झौतासंगै दरवारमार्गमा रहेको द रिगल इंकले उपाधि बिजेता टिमका सदस्यलाई ४ लाख ५६ हजार बराबरको १६ जोर सुटपिस उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।
द रिगल इंकका निर्देशक अग्रवालले खेलाडीकोे हौसला बढाउने उद्देश्यले सस्थाबाट सानो प्रयास गरेको बताउदै राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउदा हाम्रो संस्था गौरान्बित भएको थपे ।
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले प्रतियोगिता बैशाख १४ देखि १७ सम्म सञ्चालन हुनेछ ।
प्रतिस्ठानका अध्यक्ष खड्काले आठौं राष्ट्रिय खेलकुदको मितिसँग मेल खाएकाले पूर्व घोषित मिति परिवर्तन गरिएका हौं । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर, बेष्ट ब्लक, बेष्ट डिफेन्स, बेष्ट क्विकर, बेष्ट सर्भर र बेष्ट कोचले जनहि ७ हजार नगद प्राप्त गर्नेछन् । पाँचौ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्नेछन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]